धरान  / कोशी राजमार्ग अन्तगृत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको पहिचान भएको प्रहरीले जनाएको छ । 

२ वटा झोला भित्र टाउको, हात, खुट्टा शरिर छुट्टा छुट्ै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दिपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार उहाँ दाजुको घर जानु भएको बताइएको छ । पारिवारिक कारणले हत्या भएको हुन सक्ने प्रहरीले आसंका गरेको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चाडै घट्नामा संलगनहरु सार्वजनिक गरिने एसपी थापाले जानकारी दिनु भयो । 

इलाका प्रहरी कार्यालय धरानले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । 

 गएको बुधबार र बिहिबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो । शव पहिचानका लागि प्रहरीले स्केच तस्विर सार्वजनिक गरेको थियो ।  उक्त घटनामा संघीय प्रहरी ईकाई कार्यालय, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।  

याे पनि पढनु हाेस्

जेव्रा भित्र भेटिएको शवको थप अंग खोज्न प्रहरी परिचालन, शवकाे पहिचान खुलेन

जेब्रा झोलाभित्र भेटिएकोे टाउको र खुट्टा कस्को होला ?