धरान / धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भुमाफियाबाट जोगाउन दवावका लागि आइतबार धरानमा वृहत जुलुस प्रदर्शन गरिएको छ । 

 क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा जागरण जुलुस प्रर्दशन गरिएको हो । जुलुसमा क्याम्पसका प्राध्यापक शिक्षक, विद्यार्थी, राजनीतिक दलका नेताहरु, सामाजिक अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । नारासहित क्याम्पसबाट निस्केको जुलुस छाताचोक, पुरानो बजार, देशीलाइन हुदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

 कोणसभालाई सम्बोधन गर्दै जग्गा बचाउ समितिका संयोजक कुमारबहादुर कार्कीले ४५ बर्षपछि तथाकथित मोही खडा गरेर क्याम्पसको जग्गामा मोही हकदाबी गरिएको बताउनु भयो । धराने जनताहरुले माफिया र जग्गा दलालहरुको योजनालाई असफल बनाउने उहाँको भनाई छ । 

  नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले तत्कालिन स्थानीय सरकार प्रमुख र वडा अध्यक्षले सिफारिश दिने काम गरेपछि नै क्याम्पसको जग्गामा आँखा गाड्ने काम भएको बताउनु भएको थियो । उहाँले राजनीतिक साँठगाठले नै क्याम्पसको जग्गा हडप्ने काम भएको उहाँको भनाई थियो ।  

 कार्यक्रममा संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजम, जनता समाजवाद िपार्टीका अध्यक्ष ताजुक लिम्बुलगायतको उपस्थिति रहेको थियो ।