बराहक्षेत्र  / प्रेस चौतारी नेपालले सुनसरीस्थित बराहक्षेत्र नगर कमिटीको पुनगठन गरेको छ । 

 लक्ष्मण कटुवालको अध्यक्षतामा नयाँ कमिटी बनाएको हो ।  कमिटीको उपाध्यक्ष्यमा राजन घिमिरे र गंगा कुमारी भट्टराई चयन हुुनुभएको छ ।  सचिवमा सुदन गुरागाईँ, सहसचिवमा कमल खड्का , समावेशी सहसचिवमा भुमिका रसाइली , कोषाध्यक्षमा आदेश गौतम र सदस्यहरुमा खड्ग लिम्बू , हरिबहादुर बस्नेत , सृजना थापा, रमेश थापा, रेणुका घिमिरे र विश्व थुलुङ राई चयन भएको निवर्तमान अध्यक्ष्य विमला घिमिरेले जानकारी दिनुु भयो । 

प्रेस चौतारी नेपालका केन्द्रिय कमिटी उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पत्रकार प्रदीपकुमार चौधरी, भीषण राई, अबिजाल बिष्ट र केशव घिमिरेलाई जनही नगद रु ५००० हजार सहित सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि भट्टराई पत्रकारितालाई ब्यवसायीक रुपमा अगाडि बढाउँदै बिकाश समृद्धिको पक्षमा स्वतन्त्र रूपमा कलम चलाउनु पर्ने बताउनुु भयो । प्रेस चौतारीले पक्षधरतामा रहेर कमल चलाउने बताउदैं जनताको पक्षमा बढि जोड दिने बताउनु भयो । 

पत्रकार महासंघ प्रदेश १ का सचिव समेत रहनुु भएका प्रेस चौधरी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले प्रेस चौतारीमा आवद्ध साथीहरुले जिम्मेवार, व्यवसायिक पत्रकारितालाई जोड दिने बताउनु भयो । कुनै विचार र संगठनमा आवद्ध भए पनि पत्रकारले न्युज रुममा प्रवेश गरे पछि स्वतन्त्र र जनताको पक्षमा वकालत गर्नुु पर्ने बताउनुु भयो । स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिताको विकासको जिम्मेवारी पनि प्रेस चौतारीको काँधमा रहेको उहाँले स्मरण गराउनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भिषण राईले पत्रकार राज्यको चौथो अङ्ग भएकाले पत्रकारिताको धर्म निर्वाह गरेर तथा मर्यदामा रहेर कलम चलाउनु पर्ने बताउनु भएको थियो । पत्रकारले राजनीति र पत्रकारिता सँगै गर्ने गरेको भेटिएकोले राजनितिमा र पत्रकारिता मध्ये एउटा पेसा अंगाल्दै निस्पक्ष रुपमा कलम चलाउनु पर्ने बताउनुु भयो । 

यस्तै कार्यक्रमका अतिथि नेकपा एमाले जिल्ला कमिटी उपसचिव एंव स्कुुल विभाग प्रमुुख योग्यराज खड्काले व्यवसायी पत्रकारिताका गर्नका लागि एमालेले सहयोग गर्ने बताउनु भयो । पार्टी प्रेस चौतारी तथा समग्र पत्रकारिताको समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुु भयो । यस्तै एमाले जिल्ला कमिटी सदस्य तथा सुनसरी प्रेस चौतारी इञ्चार्ज अनिल राजधामीले चौतारी र पार्टीको सम्बन्ध समधुर बनाएर सवल र सक्षम पत्रकारिताका लागि पार्टीले भूूमिका खेल्ने र त्यसको पुुलको काम आफुुले गर्ने बताउनु भएको थियो । 

कार्यक्रममा स्थानीय राजनीतिकर्मी राजेन्द्र कार्की , एमाले बराहक्षेत्र नगर कमिटी उपसचिव देवेन्द्र बिष्टलगायतले बोल्नु भएको थियो । कार्यक्रममा  प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष काफ्ले, अभिजाल विष्ट, प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेललगायतको उपस्थिाति रहेको थियो । 

सनुसरीमा नयाँ नेतृत्व आए पछि दुई उपमहानगर र एक नगरपालिकामा चौतारीलाई चलायमान बनाएको छ । अन्य पालिकामा  आवश्यता हेरेर संगठन विस्तार गरिने सुनसरी अध्यक्ष सुुभद्रा प्याकुुरेलले बताउनुु भयो ।