धरान  / नेकपा एकीकृत समाजवादी पार्टी धरान नगर कमिटीको प्रथम बैठकमा कमिटी सदस्यहरूलाई पदिय दायित्व र जिम्मेदारी बोध बारे छलफल गरिएको छ । 

धरानमा भएको बैठकले पार्टीका नवनियुक्त नगर अध्यक्ष रेवतीरमण राईको अध्यक्षतामा बसेको बैठकमा उपस्थित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी पोलिटब्यूरो सदस्य धर्मराज निरौलाले कमिटीका सम्पूर्ण सदस्यहरूलाई जिम्मेवारीबारे प्रशिक्षण दिदै सृष्टिको सम्पूर्ण प्राणीहरू मध्ये मानिस नै उत्तम प्राणी र मानिसहरू मध्ये पनि कम्यूनिस्ट सिद्धान्त र निष्ठावान व्यक्ति उत्तम भएको बताउनु भयो । एउटा कम्यूनिष्टले तीन वटा क्षेत्रमा संघर्ष गर्नु ज़रूरी छ र त्यो भनेको ब्यक्ति आफूभित्रको नकारात्मक पक्षलाई परास्त गर्दै सकारात्मक र उन्नत पक्षलाई स्थापित गर्नु दोस्रो पार्टीभित्रका ब्यक्तिबादी नकारात्मक बिचार र त्यसका पक्षपातीको बिरोध गर्दै सकारात्मक र कम्यूनिष्ट सिद्धान्त र त्यसको मूल्यमान्यतामा अडिग रहनु भएको उहाँको भनाई थियो । 

तेस्रो कुरा बर्गीय संघर्ष जो सबै कम्यूनिष्टहरूले बर्ग के हो र लेनिनवादको विकसित सिद्धान्तले बर्ग र यो भित्रको संघर्ष के हो भनि बुझ्न आवश्यक भएको बताउनु भयो । बैठकले नगर कमिटीको अर्को एक उपसचिवमा रिकेश बिक लाई मनोनयन गरि कमिटीमा रहने गरि आजै ११ जनालाई सदस्यमा मनोनयन गरेको छ । जसमा धरान ११ बाट टिका सारूमगर , धरान १४ का सबिन कटवाल धरान १६ बाट टेक ब परियार, हेमराज लावती, केबी राई, धरान १५ बाट सरोज राई,शम्भुनारायण राई, फूजूङ चाँपा, धरान ५ बाट पद्मा कुमारी राई, धरान ८ बाट इन्दिरा लिम्बु, धरान उपमहानगरपालिका भित्रका २० वटै वडाका संयोजक तथा सह संयोजक तोकि पार्टीको जिम्मेवारी दिएको छ । 

जनबर्गीय संगठनहरुमा महिला, युवा, बिद्यार्थी, मजदुर, आर्थिक विभाग, प्रचार विभाग आदिको गठन गरेको बताइएको छ ।  त्यसैगरि बैठकले १८ जनालाई जिल्ला कमिटिमा मनोनयन गरि पठाएको अध्यक्ष्य रेवतीरवण राईले बताउनु भयो । 

कैलाश अग्रवाल,आनन्द श्रेष्ठ, भोला श्रेष्ठ,माइकल राजवंशी,भीम देवान, राम प्रधान, लोकराज निरौला, एकराज सुब्बा, अर्जुन वाग्ले, सागर भट्टराई, सरिता कोईराला, किशोर सुब्बा, गोविन्द बिक, कृपानाथ श्रेष्ठलाई जिल्ला कमिटीमा मनोनयन गर्न सिफारिस गरिएको हो ।  

बैठकमा केन्द्रीय सदस्य तथा सुनसरी सह इञ्चार्जहरू केशब विष्ट , जीवन राई, सुश्मा राई, पार्टीका केन्द्रीय सल्लाहकार सहप्राध्यापक शरण राई, जिल्ला कमिटीका अध्यक्ष गोविन्द निरौला, समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य कुबेर गुरुङलगायतको उपस्थिति रहेको थियो । 

नेकपा एकीकृत समाजवादी धरान उपमहानगरपालिकाको नगर कमिटी गत माघ २८ गते एक भेलाको आयोजना गरि घोषणा गरेको थियो । अन्य क्षेत्रमा भन्दा धरानमा ढिला गरि कमिटी घोषणा गरेको पार्टी नेकपा एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी प्रबेश गर्नेहरूको लर्को लागिरहेको नगर सचिब खेम दाहालले बताउनु भयो ।