धरान /  धरानका दुई दाजुभाई मिलेर मदिरा व्यवसाय शुरुवात गर्नु भएको छ ।  धरान १० स्थित पुतलीलाइन(भाटभटेनी अगाडि) शुक्रबारदेखि हाङ्ग लिक्विर होम सञ्चालनमा आएको हो । उक्त लिक्विर होम दाजु ताराहाङ्ग र भाई नरहाङ्ग मिलेर खोल्नु भएको हो । सञ्चालकद्धयका आमा अनादेवी राई र चुराकुमारी राईले रिवन काटेर लिक्विर होमको उद्घाटन गर्नु भएको छ ।  

सञ्चलाक ताराहाङ्गका अनुसार करिब ३५ लाख लगानी भएको छ । तत्काल खुद्रा व्यवसाय भए पनि आगामी र्आिर्थक बर्षबाट होलसेल पनि शुरु गर्ने उहाँले बताउनु भयो । केही समय पछि किचनको पनि व्यवस्था गरेर बार पनि सञ्चलन गर्ने उहाँले बताउनु भयो ।  

धरानमा मदिराको पनि पारखीहरु भएकोले कम मुल्यमा उपलब्ध गराइनेछ भने निःशुल्क होम डेलिभरीका पनि व्यवस्था गरिएको बताइएको छ । मदिराको विदेशी र स्वदेशी उत्पादनहरु राखिएको छ । नेपाली ब्राण्डहरुलाइ प्राथमिकता दिएको भन्दै उहाँले ओपनिङ्गको अवसरमा बिशेष छुटको पनि व्यवस्था रहेको बताउनु भयो ।