धरान /  सुनसरीको धरान उपमहानगरपालिका–४ को कोशी राजमार्गको धरान - धनकुटा सडक खण्डको जेठामाने गोलाईस्थित सडकबाट ४५ फिट पश्चिममा  जेब्रा झोलामा प्याक गरेको अबस्थामा मानिसको टाउको र खुट्टा फेला परे पछि शरिरको अन्य भाग खोज्न व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । 

विहीबार सोही स्सथान भन्दा करिव २ किमी उत्तर धरधरे भन्ने स्थानमा जेव्रा झोलामा प्याक गरेर फालेको अवस्थामा शरिरको भाग फेला पारिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरकाे कमाण्डमा खटिएको टोलीले घटनास्थलमा गई आवश्यक प्रकृया गरी फेला परेका मानव अंग धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । डग स्निफिङसहितको प्रहरी अनुसन्धान टोली तथा प्रतिष्ठानका फरेन्सिक बिशेषज्ञ चिकित्सकसहितको अनुसन्धान टोलीले घटनास्थलमा आवश्यक अनुसन्धानका लागी परिचालन भएको थियो । 

मानव अंग कस्को  भन्ने पहिचान नभए पछि प्रतिष्ठानको शव गृहमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिह थापाले बताउनु भयो । 

शरिरका अन्य अंग खोज्नका इप्रका धरानका प्रहरी इन्स्पेक्टर गजेन्द्र रायको कमाण्डमा टोली परिचालन गरिएको छ ।  दुई दिनमा दुई स्थानमा झोलाभित्र प्याक गरेर फालिएको पुरुषको शव भेटिए पनि उहाँ को हुन् भन्ने पहिचान खुलेको छैन । 

उहाँको शरिरमा लगाएको जनाई देखिएको छ । फ्रेन्च कट दारी काटिएको शव क्षेत्री बाहुनको हुन सक्ने प्रहरीले अनमान गरेको छ । प्रहरीको प्रारम्भीक अनुमानमा  उक्र घटना पेशेवर हत्याराले गराएको आशंका गरेको छ । शव पहिचानका लागि प्रहरीले शवलाई सार्वजनिकसमेत गरेको छ ।