फत्तेपुर /   चार दलीय गठबन्धनले सप्तरीको सप्तकोसी नगरपालिकामा बिहीबार तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा बिहीबार सप्तकोसी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएका छ्न।

महालेखा नियन्त्रण कार्यलयबाट सप्तकोसी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखापरीक्षणको विवरण गराइ नगरकार्यपालिका र नगर शभाबाट पारित गरि कानुनी कार्बाहि सम्बन्धि निर्णयको विवरण उपलब्ध गराउनु पर्ने, राष्ट्रिय मा बि फत्तेपुरको भवन निर्माणको मापदण्ड ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा संचालन खर्च ब्याबस्थापन्को विवरण उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८/०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्नेसहित ६ बुँदे माग  सहित चार राजनीतिक दलले तालाबन्दी गरेका हुन् ।

सप्तकोसी नगरपालिका रहेका चार दलले यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बुदे ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टीमेटम दिएको थियो । ११दिन बिति सक्दा पनि  माग पूरा नभएकाले तालाबन्दी गरेको संघर्ष समितिका संयोजक युवराज खनालले बताउनु भयाे ।नगरपालिकामा ताला लगाएको बिषयमा नगर प्रमुख उत्तम कुमार शर्मा संग बुझ्दा आन्दोलनरत चार दलसंग बार्ता गरि नगरपालिकामा लगाएको ताला खोलिने र बार्ताको लागिि बोलाइ सकिएको जानकारी दिनु भयाे ।