धरान /  धरान १५ न. वडाका वगरकोट होटल व्यावसायी मञ्चले गोर्खा वु्रअरीका धरान सेल्स म्यानेजर विजय वजागाई र डिलर इन्चार्ज कृष्ण अधिकारीलाई सम्मान गरेको छ ।

 मञ्चले मंगलवार एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई सम्मान गर्दै विदाइ गरेका हुन । वगरकोटको पर्यटन पर्वद्धनमा आफ्नो कंपनी मार्फत विशेष सहयोग गरेकोले उहाँहरुको सहयोगलाई कदर गर्दै ससम्मान विदाइ गरिएको वगरकोट होटल व्यावसायी मञ्चका अध्यक्ष जीवन म्याङ्गवोले जानकारी दिनु भयो । म्यानेजर वजागाइ र इन्चार्ज अधिकारीले चार वर्षको आफ्नो कार्यकालमा पहल गरि गोर्खा वु्रअरि मार्फत करिव ३५ लाख वरावरको वगरकोट वजारमा पोल सहित सोलार वत्ती जडान, वगरकोट वजार श्रृङ्गारका लागि आर्थिक सहयोगसंगै वगरकोटमा आयोजित हरेक कार्यक्रममा निरन्तर सहयोग गरि वगरकोट विकासमा टेवा पुर्याएको म्याङ्गवोले बताउनु भयो । 

कमपनीले वगरकोटमा व्यवसाय मात्र नगरेर त्यस क्षेत्रको विकास तथा पर्वद्धनमा समेत सहयोग पुर्एकोमा अध्यक्ष मन्याङ्गवोले धन्यवाद दिनु भयो ।  वजागाइ डिलर इन्जार्जमा र अधिकारी प्रदेश १ इन्र्चाजमा वढुवा भएर इटहरी सरुवा हन भएको छ । 

         कार्यक्रममा धरान होटल व्यवसायी संघका अध्यक्ष सरोज भट्टराई, वगरकोट होटल व्यावसायी मञ्चका उपाध्यक्ष भक्तराज राईलगायत वगरकोट व्यावसायीहरुको उपस्थिति रहेको थियो ।