धरान  / कोशी राजमार्गृको धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । 

 बुधबार धरान–४ स्थित आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयलाई दुर्गन्ध फैलिए पछि उनीहरुले खोजी गदाए जेब्रा झोला भित्र मानिका टाउको र एउटा खुट्टा फेला पारेका थिए । एक साता अघिदेखि भएको उक्त टाउको भेटिए पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

स्थानीयको सूचना पछि  इलाका प्रहरी कार्यालयकोे टोली पुगेर मुचुल्का उठाएको छ । सबुत प्रमाणहरु परीक्षणको लागि पठाउन संकलन गरिएको इप्रका धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनु भयो ।  

प्रहरीले शवको जीउ भने फेला नपरेको बताएको छ । वरिपरी प्रहरीले थप शव खोजी गरेको थियो । कसैकोे हत्या गरेर फालेको हुन सक्ने प्रहरीले जनाएको छ ।   थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।