धरान /  नेकपा एमाले स्थायी कमिटी सदस्य तथा शिक्षा विभाग प्रमुख  गुरु बरालद्वारा धरानका पार्टी नेता, अगुवा कार्यकर्ताहरूलाई प्ररशिक्षण दिनु भएकाे छ ।

नेपाल बुद्धिजीवी परिषद सुनसरीले आयाेजना गरेकाे   'जवज दशाै महाधिवेशन र बाैद्धिक वर्गकाे दायित्व' विषयक  कार्यक्रमको अध्यक्षता नेकपा एमाले जिल्ला कमिटी सुनसरीका पूर्ब सदस्य  मोहन उप्रेतीले गर्नु भएकाे थियाे । संचालन महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक नेकपा एमाले जिल्ला कमिटी सुनसरीका पूर्ब सदस्य गोपि खतिवडाले गर्नु भएकाे थियाे ।

             कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु,  जिल्ला कमिटी  सदस्यहरू, नगर कमिटीका नेता, वुद्धधिजिवीहरूकाे उपस्थिति रहेकाे थियाे । सहभागीहरूलाई  स्वागत  नेकपा एमाले सुनसरी नेता रवि खनालले गर्नु भयाे ।

मुख्य बक्ताकाे रूपमा रहनु भएका नेता बरालले  पार्टीकाे नीति विचार र सिद्धान्तलाई सबैले बुझ्नु पर्ने बताउनु भयाे । उहाँले जवज कुनै आयतित नभई आन्लाेदनबाट स्थापित भएकाेसमेत बताउनु भयाे । 

उहाँले धरानले मनमाेहन अधिकारी, बम देवान,  ध्यान बहादुर राई, लिला श्रेष्ठजस्ता लाेकप्रिय नेता उत्पादन गरेकाे समेत स्मरण गराउनु भयाे ।