धरान / नेपाली बबमर्ली फेमका चर्चित गायक गंगा बरदान ६९ वर्षमा प्रवेश गर्नु भएकाे  छ । धरानका संगीतकर्मीहरुको जमघट विच सोमवार धरान–८ स्थित कोरियनमाण्डू रेष्टुराँमा केक काटेर जन्मदिन मनाइएको छ । बरदानको सुस्वास्थ्य, गायन निरन्तरताका लागि शुभकामना प्रकट गर्दै जन्मदिन मनाइएको हो ।

चालिसको दशक देखी चर्चामा आएका गायक बरदान नयाँ लोकपप शैलीका आधा दर्जन गीतहरु जनजिब्रोमा बसेको छ । ‘छपनीमा छान् छन् कबकीमा हान’, ‘बजारै भरौ धरानै, अल्लारे जोबन यस्तै छ’ लगायत गीतहरु अहिलेका युवा पुस्तमा उत्तिकै लोकप्रिय छ । उहाँका गीतहरु दुई गिती एल्बममा संग्रहीत छन् ।

विश्व प्रसिद्ध गायक बब मर्लीको गेटअप र गायन प्रस्तुतिका कारण बरदानलाई नेपाली बब मर्लीको उपनामले पनि चिनिन्छ । उहाँले अहिले सम्म ४० वटा गीतहरु गाएका छन् । उनी आफै गीत रचना पनि गर्छन । गीतमा पूर्वेली स्थानिय जीवन, सामाजिक परिवेशको जीवन्तता पाइन्छ । त्यसैले पनि उनिले प्रसिद्धि पाएका हुन् ।

भोजपुरको दिङगलामा जन्मिभएका बरदान युवा अवस्थामा धरान झर्नु भएकाे थियाे । विन्दास जीवन शैली, गेटअपका कारण पनि उनले भीडबाट अलग व्यक्तित्व बनाएका छन् । उनको यो जीवन शैलीबाट अहिले पनि आफुलाई अगल गरेका छैनन् । उनको यो व्यक्तित्वले उनका प्रशंसकहरु आकर्षित हुने गरेका छन् ।

गायक बरदानको ६९ औं जन्मदिन सेलिब्रेशन सिल्भर इन्टरटेन्टमेन्टका प्रबन्धक शौरभ श्रेष्ठको आयोजनामा भएको हो । प्रसिद्ध गायक एपी शेर्पा, संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, शविनकला राई लगायत पदाधिकारीहरु सहित दुई दर्जन संगीतकर्मीहरु समारोहमा सहभागी थिए । सोही अवसरमा कोरियामा कार्यरत बरदानको प्रशंसकहरुले पठाएको रकम पकेट मनिको रपमा उहाँलाई हस्तान्तरण गरिएको थियाे ।

विश्व प्रसिद्ध गायक बब मर्लीको गेटअप र गायन प्रस्तुतिका कारण बरदानलाई नेपाली बब मर्लीको उपनामले पनि चिनिन्छ । उनले अहिले सम्म ४० वटा गीतहरु गाएका छन् । उनी आफै गीत रचना पनि गर्छन । गीतमा पूर्वेली स्थानिय जीवन, सामाजिक परिवेशको जीवन्तता पाइन्छ । त्यसैले पनि उनिले प्रसिद्धि पाएका हुन् ।

भोजपुरको दिङगलामा जन्मिभएका बरदान युवावयमा धरान झरेका हुन् । विन्दास जीवन शैली, गेटअपका कारण पनि उनले भीडबाट अलग व्यक्तित्व बनाएका छन् । उनको यो जीवन शैलीबाट अहिले पनि आफुलाई अगल गरेका छैनन् । उनको यो व्यक्तित्वले उनका प्रशंसकहरु आकर्षित हुने गरेका छन् ।

गायक बरदानको ६९ औं जन्मदिन सेलिब्रेशन सिल्भर इन्टरटेन्टमेन्टका प्रबन्धक शौरभ श्रेष्ठको आयोजनामा भएको हो । प्रसिद्ध गायक एपी शेर्पा, संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, शविनकला राई लगायत पदाधिकारीहरु सहित दुई दर्जन संगीतकर्मीहरु समारोहमा सहभागी थिए । सोही अवसरमा कोरियामा कार्यरत बरदानको प्रशंसकहरुले पठाएको रकम पकेट मनिको रुपमा उनलाई हस्तान्तरण गरिएको थियो ।