काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति गरेका छन् ।वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए । एक फाेरम नेताका अनुसार प्रदेश २ का ८ सिट मध्ये तीन दलले २/२ सिट लिनेछन् । प्रदेश २ को मत हेर्दा कांग्रेस र मधेसी दलहरु मिल्दा पनि वाम गठबन्धनलाई कुनै घाटा छैन । तीन दल एक ठाउँमा उभिँदा पनि एमाले र माओवादीले एकएक सिट सम्भावना बलियाे छ ।

तर, मधेसी दलहरुको समर्थनले कांग्रेसलाई अन्य प्रदेशमा केही सिटमा सहयोग पुग्नसक्छ । राजपा नेता मनिष सुमनले प्रदेश २ मा तालमेल गर्ने सहमति भएको जानकारी दिए ।