धरान । नेकपा एकीकृत समाजवादी पार्टीले आज धरानको नगर भेला गरि ७१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ !

नेकपा एमाले पार्टी परित्याग गरि नेकपा एकीकृत पार्टीमा संलग्न भएका पूर्व एमाले जिल्ला कमिटी सदस्य रेवतीरमण राईको अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन गरेको छ !

वाणिज्य संघको हलमा कार्यक्रम आयोजना गरि  कमिटीको उपाध्यक्षमा शुक्रलाल लिम्बु र पदमा सुब्बा, सचिवमा खेम दाहाल रहनु भएकाे छ । यस्तै, उपसचिवमा अमृता रामदाम र स्वर्णिमहाङ फोम्बाेे रहनु भएकाे छ ।

 अध्यक्ष राई एमालेका पुर्वजिल्ला सदस्य हुन् ।, उपाध्यक्ष पदमा सुब्बा धरानको वडा नं १३ का निवार्चित वडा सदस्य हुन् । यस्तै, उपसचिव स्वर्णिमहाङ फोम्बो एमालेको वडा नं ५ मा कमिटी समायोजन पछि उपाध्यक्षमा हुनुहुन्थ्याे । 

भेला पार्टीको जिल्ला सहइंचार्ज सुषमा राईको अध्यक्षतामा सम्पन्न भएको थियो ! प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पोलिट ब्यूरो सदस्य तथा १ न. प्रदेश अध्यक्ष बलदेब चौधरीले नवगठित कमिटीका सदस्यहरूलाई सपथ ग्रहण गराए पस्चात भेलालाई सम्बोधन गर्दै मधेशमा जथाभावी नगरिकता वितरण र एमसीसी जस्तो राष्ट्रघाती समझौताको योजना एमाले अध्यक्षले गरेका कारण देशले दुःख पाईरहेको आराेप लगाउनु भयाे ।

 त्यसैगरि सुनसरी जिल्ला इंचार्ज महफुस अन्सारी अर्का पोलिट ब्यूरो सदस्य धर्मराज निरौलालेले केपी ओलीको हठले  एमाले जनहरू समाजवादीमा आउने क्रम बढेकाे बताउनु भयाे ।

 कार्यक्रममा स्वागत मन्तव्य पार्टी धरान नगरका अग्रज कैलाश अग्रवालले गर्नु भयााेाे । कार्यक्रम संचालन केन्द्रीय सदस्य तथा सुनसरी सह इंचार्ज जीवन राईले गरेका थिए ! भेला पार्टीको जिल्ला सहइंचार्ज सुषमा राईको अध्यक्षतामा सम्पन्न भएको थियो !