काठमाडौं  / राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा आयोजित  पत्रकार सम्मेलनमा उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।  

‘अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट  अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’– उहाँले जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

राजसंस्थासहितको हिन्दु राज्यको एजेण्डा लिएर अघि बढेको राप्रपामा उहाँ अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भए पछि पार्टीमा खटपट हुदैं आएको थियो । उहाँले पार्टीमा राखेका माग कुनै पनि पुरा नभए पछि राजिनामा दिइएको बताइएको छ । 

May be an image of text