Bijaypur Khabar
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
  • ई-पेपर
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा

सोलुमा हिमपातः तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

Gravatar 250 विजयपुर खवर संवाददाता
  • माघ २३, २०७८
  • ३०६ पटक पढिएको
306 Shares
alt

साेलु / भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो ।सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिनुभयो ।

यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुङ्गाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ । स्थानीयवासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो । यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन् भने सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका–११ बेलिडाँडामा रोकिएका छन् ।
सवारीसाधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रुको बिचल्लीमा परेका छन् । सवारी रोकिएसँगै खानबस्नको समेत समस्या भएको यात्रुहरूले गुनासो गरेका छन् । विशेषगरी असक्त, बालबालिका, वृद्धवृद्वा यात्रु समस्यामा परेको बताइएको छ ।जन्तीसमेत ठाडे क्षेत्रमा रोकिएका सल्लेरीका दीपक राजभण्डारीले बताउनुभयो । आफ्ना, आफन्तसमेत जन्ती आउँदै गरेको भए पनि अहिले सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीचबाटोमै रोकिएको उहाँको भनाइ छ ।
काठमाडौँदेखि सोलुसम्मका यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुङ्गाको टोट्केमै रोकिएर बस्नुपरेको दीपक केसीले बताउनुभयो । हिमपात भएको बेला सामान्य भए पनि यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कटवालले जानकारी दिनुभयो । सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन उहाँले आग्रह समेत गर्नुभयो । आज दिउँसोसम्ममा सडक सुचारु गराउन प्रयास सडक डिभिजन कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
हङकङमा बुद्ध जयन्तीमा धार्मिक कार्यक्रम सम्पन्न हङकङमा बुद्ध जयन्तीमा धार्मिक कार्यक्रम सम्पन्न
धरानमा ‘एसईई स्पिकर’ कार्यक्रम हुँदै, विद्यार्थीमा नेतृत्व विकासको पहल धरानमा ‘एसईई स्पिकर’ कार्यक्रम हुँदै, विद्यार्थीमा नेतृत्व विकासको पहल
धरानमा मनमोहन अधिकारीको २७औँ स्मृति दिवस, जनमुखी नेतृत्वको स्मरण धरानमा मनमोहन अधिकारीको २७औँ स्मृति दिवस, जनमुखी नेतृत्वको स्मरण
  • भर्खरै
  • लाेकप्रिय
हङकङमा बुद्ध जयन्तीमा धार्मिक कार्यक्रम सम्पन्न
धरानमा ‘एसईई स्पिकर’ कार्यक्रम हुँदै, विद्यार्थीमा नेतृत्व विकासको पहल
धरानमा मनमोहन अधिकारीको २७औँ स्मृति दिवस, जनमुखी नेतृत्वको स्मरण
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
कथाकार सुरेश यक्सो र ‘पेनिबा’
मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर
संखुवासभा समाज हङकङको वार्षिक उत्सवमा सम्मान
एक जना अनमीको भरमा प्रसूति सेवा
आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
Bijaypur Khabar
Bijaypur Khabar

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा

Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • Website By : Hash Tech Logic