इनरुवा / सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साबिकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । 

शनिबार परेको माघेझरीका बाबजुद पनि बृहत् भेलाको आयोजना गरी वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी सुनसरीका कार्यालय सचिव विनोद कटुवालले जानकारी दिनु भयो । उक्त वडामा कमिटी गठन भएसँगै इनरुवा नगरअन्तर्गत वडा कमिटी गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको नेकपा एकीकृत समाजवादी इनरुवा नगर कमिटीका अध्यक्ष सुवाष राईले बताउनु भयो । भेलाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले इनरुवा नगरपालिकाको वडा नं. ६ कमिटी सानदार ढंगले गठन हुँदा त्यसले आन्दोलन र अभियान बिसर्जन गर्न खोज्ने अवसरवादीहरूलाई गतिलो झापड दिएको चर्चा गर्नु भयो । 

अध्यक्ष निरौलाले पार्टीभित्र देखिएका अवसरवादी र आत्मसमर्पणवादी चरित्र चिनिन थालेसँगै जिल्लामा विभिन्न कमिटी गठन हुने कार्यले तीब्रता लिन थालेको बताउनु भयो । शनिबार सम्पन्न भेलाले कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर(अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाललाई चयन गरेको छ ।