धरान  / नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले पाएको जनादेशलाई प्रचण्ड र माधव नेपालले कांग्रेसलाई सुम्पिएकाृे बताउनु भएको छ ।  

  शनिबार धरानमा नेकपा एमाले सुनसरीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले  माधव नेपाल र प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई प्राप्त जनमत, जनताले दिएको जनादेशलाई लगेर कांग्रेसलाई बिक्री गर्ने काम गरेको बताउनु भएको हो । 

 महासचिव पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल कम्युनिष्ट पार्टीको नेता नभै कांग्रेसको मामुली कार्यकर्ता भएको पनि बताउनु  भयो । ‘‘एउटा शक्ति समाजवादको आधार तयार गर्दै समाजवादमा जान्छ, त्यो शक्ति एमाले हुने छ । अर्को शक्ति उदार पुजीबादको बाटोबाट पुजीवादतर्फ जान्छ, त्यो शक्ति कांग्रेस हो ।’–महासचिव पोखरेलले भन्नु भयो–‘प्रचण्ड र माधव नेपाल हिडेको बाटो पुजीवादको बाटो हो । शेरबहादुर देउवालाई नेता मानेर नेतृत्वमा अघि बढ्दा समाजवादमा पुगिदैन ।’  प्रचण्ड र माधव हिड्ने समाजबादको बाटो नभएर पूजीवादको बाटो भएको बताउनु भएको छ । उहाँहरु कांग्रेसको पाउमा परेको उहाँको आरोप थियो । 

उहाँले गठबन्धन सरकारले स्थानीय तह खाली गर्ने, जनप्रतिनिधिविहिन बनाउने षडायन्त्रमा लागेको आरोप समेत लगाउनु भयो ।  

 २ वटा वडाको पुरै माओवादीको कमिटी एमालेमा प्रवेश 

कार्यक्रममा नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरुसहित सयौं  एमालेमा प्रवेश गरेका छन् । 

 माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा वडा नं १६ का अध्यक्ष हिमाल कार्की, सचिव कैलाश लिम्बुसहित १ सय जना माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेको पार्टीले जनाएको छ ।   यस्तै, वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बुको नेतृत्वमा पनि माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । 

धरानमा शनिबार माओवादी केन्द्रबाट मात्र ४६७ जना प्रवेश गरेको एमालेको दाबी छ । माओवादीको २ नं. वडा अध्यक्षसहित सबै यस अघि नैउमालेमा प्रवेश गर्नु भएको थियो । शनिवार वडा नं. १२ र १६ को सिंगो कमिटी एमालेमा आएको एमालेले दावी गरेको छ ।