माेरङ। तीन जना साथीको हत्यामा संलग्न भएकाे आरोपमा थप दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राति थप दुई जनालई पक्राउ गरेको हो ।
पक्राउ परेका सुनसरीकाे देवानगन्ज ६ का १८ वर्षिय हकिम मन्सुरि र माेरङकाे रंगेलि ३ का ३० बर्षिय महमद सुभामलाई पक्राउ गरेकाे माेरङ प्रहरिका प्रवत्ता डिएसपि दिपक श्रेष्ठले जानकारी दिनु भयाे ।
बिहीबार प्रहरीले मुख्य योजनाकारसहित तीन जना पक्राउ गरि शुक्रबार सार्वजानिक गरेको थियाे । यस घटनामा माेरङ प्रहरिले ५ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले हत्या आरोपमा मुख्य याेजनाकार सिरहा नगरपालिका घर भई काठमाडौ बस्ने ३१ वर्षिय अनिल कुमार मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षिय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षिय नासिर आलम छन् । पत्रकार सम्मेलन गरेपछि घटनामा थप संलग्न दुई जनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति हत्या गरेपछि उखुबारीमा खाडल खन्ने रहेको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले जानकारी दिनु भयाे ।
हत्याकाे कारण यस्ताे थियाे
ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाए वापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितीमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको हो । मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधि झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाण्डौ बस्दै आएका ६३ वर्षिय मोहन लिम्बु, सुनसरीको धरान घर भइ भक्तपर बस्दै आएका ४८ वर्षिय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाण्डौं बस्दै आएका ३२ वर्षिय शम्भु कुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिनु भयाे । तीन जनाको हत्यामा आधा दर्जनको संलग्न रहेको मोरङ प्रहरीले जनाएको छ । घटनाकामा थप एक जना पक्राउ गर्न बाकि छ । फरार रहेकाकाे पनि खाेजी कार्य जारि रहेकाे प्रहरिले जनाएकाे छ ।