विराटनगर  /  प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएर जनविरोधी काम गरेको भन्दैं प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । नेकपा एमाले प्रदेश–१ संसदीय दलको नेता भीम आचार्यले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार जनविरोधी र वाइह्यात रहेको बताउनु भएको छ । 

‘नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भर्त्सना गर्दछ र यस्ता कामहरु अविलम्ब रोक्‍न तथा बाढी–पहिरो पीडित जनताको राहतको निम्‍ति अघिल्लो सरकारले गरेका निर्णयहरु कार्यान्वन गर्न आह्वान गर्दछ।’–विज्ञप्तिमा भनिएको छ । 

यस्तै महामारीविरुद्धको खोप कार्यक्रम व्‍यवस्थित गर्न, प्रदेश सभाले पारित गरेको नीति कार्यक्रम कार्यान्वयन गर्न किसानलाई सुलभ तरिकाले मल, बीउ उपलब्ध गराउन तथा राजस्व नीतिमा सुधार ल्‍याउँदै बजेटको आकार दोब्बरले वृद्धि गरी विकास र राहत अभियानलाई तीव्रता दिन नेकपा एमाले प्रदे–१ ले प्रदेश सरकारले आग्रह गरेको छ ।

सरकार सञ्चालनको तीन महिनासम्म पनि कुनै काम गर्न नसकेको प्रति संसदीय दलले आपति जनाएको छ । अघिल्लोे सरकारले प्रदेशको आन्तरिक राजस्व बढाउन गठन गरेको राजस्व अध्ययन समितिलाई कुनै बजेट नदिएर निष्कृय बनाइएको प्रति पनि संसदीय दलले आपति जनाएको छ । 

पद र सत्ताका लागि  छिनाझम्टी, अनियमित नियुक्रि, भागवण्डा लडाई, साधन श्रोतको दुरुपयोग गर्ने मात्र होइन आपसी भागवण्डाका लागि मन्त्रालय फुटाउन, विकास आयोजना र जनताको राहतको बजेट कट्टा गरि मन्त्रीहरुको भरण पोषण गर्ने लगत कामतिर सरकार अग्रसर छ ।’– संसदीय दलका नेता आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भत्सना गर्दछ । यस्ता काम अविलम्व रोक्न तथा बाढी पहिरो पीडितहरुलाई राहतको लागि अघिल्लो सरकारले गरेको निर्णय कार्यन्वयन गर्न माग गर्दछौं ।’