धरान । नेकपा एमाले जिल्ला कमिटीले धरानमा भोली अगुवा कार्यकर्ता भेला तथा वृहत पार्टी प्रवेश कार्यक्रम राखेको छ ।  

धरान–१५ स्थित चुम्लुङ भवनमा हुने कार्यक्रमलाई नेकपा एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको आज धरानमा पत्रकार सम्मेलन गरि पार्टीले जानकारी दिएको छ ।  एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले पार्टीका अगुवा कार्यकर्तालाई महासचिवले प्रशिक्षण दिने बताउनुभयो । त्यस्तै गरी भोली नै माओवादी, नेपाली कांग्रेसलगायत पार्टीबाट नेकपा एमालेमा ६ सय भन्दा बढी प्रवेश गर्ने पनि उहाँले बताउनुभयो । 

‘भोली हुने पार्टी प्रवेश कार्यक्रममा प्रदेश, जिल्ला तथा स्थानीय तहका विभिन्न पार्टीका नेताहरु नेकपा एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । धरानमा अव भोलीदेखि कम्प्युष्टि पार्टी एउटै छ भन्ने सन्देश जाने छ ।’– पत्रकार सम्मेलनमा भण्डारीले भन्नु भयो –‘राजनीतिक दलहरुमा एमाले नै प्रमुख पार्टी हो र रहनेछ त्यसमा पनि कम्युनिष्ट भनेको अब एउटै मात्र पार्टी हुन्छ त्यो नेकपा एमाले नै हो ।’  

भोलीको वृहत कार्यक्रमको व्यवस्गापन धरान नगर कमिटीले गरेको छ ।