धरान /  तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा‚ फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ प्रदेश १ का प्रमुख पर्शुराम खापुङलले विमोचन गर्नु भएको छ । 

याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवम प्रचारककारुपमा रहेका सिरिजङ्गा सि थेबेको योगदानमा केन्द्रित भएर लेखिएको पुस्तक धरानमा  बिहिबार आयोजित कार्यक्रममा उहाँले पुस्तक विमोचन गर्नु भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का प्रदेश प्रमुख खापुङले इतिहास निर्माण गर्नु गाह्रो कुरो बताउदैं यो पुस्तक सिरिजङ्गाको बारेमा खोज अनुसन्धानका लागि एउटा कोसेढुंगा भएको जनाउनु भयो । लिम्बु जातिको गहन विषयमा पुस्तक लेखिएको भन्दै प्रमुख खापुङले इतिहाससँग जोडिएको विषयमा पुस्तक तयार भएकोमा लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङलाई धन्यवाद दिनु भएको थियो । उहाँ उक्त पुस्तक ऐतिहासिक दस्तावेज हुने समेत बताउनु भयो ।

May be an image of 8 people and people standing

तङ्सिङ मिडिया ग्रुप प्रालिद्वारा आयोजित विमोचन समारोहमा लेखक माबुहाङले सिरिजङ्गाका बारेमा खोज्न ताप्लेजुङको सिनाम, तेल्लोकदेखि सिक्किमसम्म पुगेको जानकारी दिनु भएको थियो । उहाँले गाउँघरमा सिरिजङ्गा लिपि अभ्यास गरेका केही लेखोटहरू भेटिएको र केही वंशावलीमा सिरिजङ्गाको नाम पनि भेटिएको बताउनु भयो । हाम्रो लेखन सिरिजङ्गाका बारेमा सुनिएका लोकोक्तिलाई टिपोट गर्ने र सिरिजंगाका बारेमा क कसले के के लेखेका छन् र सिरिजङ्गाका संकलित लेखोटमा के के लेखिएका छन्  त्यसको अध्ययन गरेर पुस्तक लेखिएको उहाँले बताउनु भयो ।  

पुस्तकबारे डा.रामनारायण कन्दङ्वा र युमा साम्यो महासभाका महासचिव डा.रमेश इजमले टिप्पणी गर्नु भएको थियो । उहाँहरुले पुस्तक ऐतिहासिक दस्तावेज हुने बताउनु भएको थियो । कार्यक्रममा  पूर्वप्रदेश प्रमुख प्रा.डा. गोविन्द सुब्बाले पनि पुस्तक माथि चर्चा गर्नु भएको थियो । 

पुस्तक लेख्नेक्रममा विभिन्न लेखोटहरू र स्थलगत अध्ययन र विद्धवानहरुको भनाईका आधारमा लेखिएको पाइएको छ । पछिल्लो समय सिरिजङ्गा लिपिलाई किरात सिरिजङ्गा लिपि बनाइएकोमा विवाद भइरहेकोले यो पुस्तकले थप आधार दिने सहभागीहरुले बताएका थिए ।  

May be an image of text