धरान  / चेरी भएको मोटरसाइकलसहित सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

ग्त माघ ।१४ गते दिउसो मोरङ रंगेली वस्ने पंकज झा को प्र १(०२(०४४ प ८१०१ न। को २२० सिसिको पल्सर मोटरसाईकल सुनसरीको  इटहरी उमनपा वडा न। ६ स्थित गोरखा डिपाटमेन्ट स्टोर अगाडी पार्किङ गरी राखेको स्थानवाट चोरी भएको थियो । 

खोज तलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय रंगेली मोरङको डानिया चौकमा माघ १९ गते मोटरसाईकल फेला परेको प्रहरीले जनाएको छ । मोरङ कानेपोखरी गा।पा। ५ वस्ने वर्ष २१ को सुसान्त चौधरी, सोही स्थान निवासी वर्ष ३७ को वुद्दिमान श्रेष्ठलाई पक्राउ गरिएको छ । चोरी कार्यमा संलग्न अर्का इटहरी उमनपा वडा न। ८ गैसार वस्ने वर्ष २७ को मनिस चौधरी समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई विहीबार जिल्ला अदालत सुनसरीबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा दिन ७ को  म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीलेबताउनु भयो ।