काठमाडौँ  /  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको फेरी मूल्य वृद्धि गरेको छ ।

 केही अगाडीबढाएको मूल्यको चौतर्फी विरोध भइरहेको बेला निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएपछि नेपालले पनि मूल्य बढाएको हो । 

निगमलाई यो १५ दिनको अवधीमा २ अर्व ६० करोड घाटा भएको निगमका सहप्रवक्ता पुस्कर कार्कीले वित्रप्ति जारी गरि जनाउनु भएको छ ।