धरान / प्रहरीले धरानका विभिन्न स्थानबाट खैरो हिरोइनसहित ७ जनालाई पक्राउ गरेको छ ।  बिशेष सुचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले आइतबार साँझ धरान उपमहानगरपालिका वडा नं–१३ शिवधारा बेसक्याम्प टोलस्थित नरेश मगरको घरकोठाबाट बरामद गरेको हो । 

उनको भूई कोठामा रहेको काठको पलङमाथि सिरानी मुनि सेतो प्लाष्टिकभित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरोहिरोईन जस्तो देखिने लिसाईलो पदार्थ र डिजीटल तराजु समेत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्रा डिएसपी नरेन्द्र कार्कीले जानकारी दिनु भयो । 

२० ग्राम तौल रहेको उक्त हिरोइन बेचविखन गर्न ल्याएको खुलेको छ । उक्त कोठाबाट धरान–१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओमप्रकाश लिम्बु, २६ बर्षीय सुजन श्रेष्ठ, ३० बर्षीय मन्दिप मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु पक्राउ परे पछि प्रहरीले चलाएको अपरेसनमा  धरान–१२ चतरालाइनस्थित नगरपालिका गेट अगाडीबाट २६ बर्षीय जनम मगरलाई नियन्त्रणमा लिएको थियो । उनको पाईन्टको गोजीमा कालो रंगको प्लाष्टीकमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरोहिरोईन जस्तो देखिने लिसाईलो पदार्थ फेला ४ ग्राम फेला पारेको थियो । 

यसै गरि सोही दिन बेलुका धरान–३ भानुस्मृति पथबाट धरान–३ का २० बर्षीय सारन खड्गीलाई फेला पारी शंका लागि निजको शरिर तलाशी गर्दा निजले लगाएको ट्रयाकको गोजीमा सेतो रंगको प्लाष्टीकमा लुकाई राखेको अवस्थामा ७ गम खैरो हिरोइन फेला परेको थियो । उनीसँगै सोही वडाका २२ बर्षीय राजिव मगर पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 

धरान–१३ बाट शुरुमा पक्राउ परेका ४ जनाबाट अन्यको सम्पर्क नं. लिएर क लगदैं प्रहरीले अन्यलाई पक्राउ गरेको थियो । इलाका प्रहर िकार्यालयका प्रहरी इन्स्पेक्टर हेमराज ओलीका अनुसार तराजु प्रयोग गरेर कारोवार नै गदैं आएको पाइएको छ । उनीहरुको विषयमा थप अनुसन्धान थालिएको इन्स्पेक्टर ओलीले बताउनु भयो । अनुसन्धानका लागि सोमबार विहान म्याद थप गर्न जिल्ला अदालत इनरुवामा उनीहरुलाई पठाइएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।