धरान  / प्रेस काउन्सिल नेपालले आर्थिक बर्ष २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । 

सोमबार प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ।व। २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो । 

काउन्सिलका अनुसार आ।व। २०७५र०७६ को वर्गीकरणको लागि ८८३ वटा पत्रिकाले  आवेदन दिएका थिए । जसमा प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२ रहेका थिए । क वर्गमा – २१९, ख वर्गमा ४७६, ग वर्गमा १३७ र घ वर्गमा १५ वटा पत्रिका परेका छन् । ३६ काउन्सिलले नियमित तर हुबहु र वर्ग कायम नभएको जनाएको छ । 

त्यस्तै आ।व। २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ पत्रिका रहेका छन् । प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०  पत्रपत्रिकामध्ये क वर्गमा २३९, ख वर्गमा ४३१, 

ग वर्गमा १६३ परेका छन् । ४५ वटा नियमित तर हुबहुमा परेका कारण कर्गिकरणमा नपरेको काउन्सिलले जनाएको छ ।  अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका दैनिक, गोरखा पत्र, द राइजिग नेपाल, युवा मञ्ज, मधुपर्कलगायत पत्रिका कागज पत्र अपुग भएर बगिृकरणमा समावेद नगरिएको काउन्सिलले जनाएको छ । 

प्रेस काउन्सिलको माघ १४ मा बसेको बोर्ड बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । साथै नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने व्यवस्था पनि मिलाएको छ । 

आ।व। २०७४/७५ सालमा बर्गिकरणका लागि ९६० पत्रपत्रिकाहरुले बर्गिकरणमा सहभागि भएका थिए । जसमा ३६ वटा हुवहुमा परेका थिए । यो बर्ष १०२ वटा पत्रपत्रिका घटेका छन् । कोरोना संक्रमणका कारण कतिपय पत्रिका बन्द भएका छन् ।