काठमाडौैं / नेकपा एमालेका जन संगठनमा एउटा व्यक्रि दुई जनसंगठनमा बस्न नपाउने व्यवस्था गरिएको छ । जनसंगठन समन्वय संयन्त्रको वैठकले अव एकै ब्यक्ति दुई ओटा जनसंगठनमा रहन नपाउने ब्यवथा पनि गरेको छ । पार्टीको कुनै पनि तहको कार्यकारी भूमिकामा रहेका ब्यक्ति जनसंगठनको पदाधिकारी हुन नपाउने ब्यवस्था गरेको छ ।

 कार्यदलले प्रस्तुत गरेको जनसंगठन सञ्चालन निर्देशिकालाई पारित गरिएको संयन्त्र संयोजक भानुभक्त ढकालले जानकारी दिनु भयो । 

यसैगरी संयन्त्रले जनसंगठनमा काम गर्ने पार्टी सदस्यहरुको मर्यादाक्रमसमेत निर्धारण गरेको छ । संयन्त्रबाट पारित निर्णयअनुसार जनसंगठनका केन्द्रीय कमिटीका पदाधिकारी पार्टी प्रदेश कमिटीका सदस्य सरहको हैसियतमा रहने छन । केन्द्रीय कमिटी सदस्य र प्रदेशका पदाधिकारी जिल्ला कमिटी सदस्य सरहको हैसियतमा रहने छन । पार्टीमा हुने कुनै पनि तहको निर्वाचनमा यही हैसियतमा उम्मेद्वार बन्न पाउने ब्यवस्था पनि सम्बन्धित जनसंगठनको काममा पारित मस्यौदामा गरिएको छ । 

जन संगठनमा  अव १७ जना पदाधिकारी २ सय ९९ भन्दा वढि केन्द्रीय सदस्य हुन नपाउने भएको छ । जनसंगठन समन्वय संयन्त्रको वैठकले कार्यदलले प्रस्तुत गरेको जनसंगठन सञ्चालन निर्देशिकालाई पारित गरेको संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलले प्रस्तुत गरेको जनसंगठन सञ्चालन निर्देशिकालाई पारित गरेर पार्टीमा पठाउने निर्णय गरिएको छ ।संयन्त्रले वडा तहसम्म साँगठानिक संरचना भएका राष्ट्रिय युवा संघ नेपाल, अनेरास्वबियु, अनेमसंघ, खेलकुद महासंघ, जनजाती महासंघसहित ९ ओटा जनसंगठनको केन्द्रीय कमिटी बढीमा २ सय ९९ सदस्यीय रहने ब्यवस्था गरेको छ । यस्तै पेशागत संगठनको केन्द्रीय कमिटीको आकार बढीमा १ सय ५१ सदस्यीय रहने ब्यवस्था गरिएको संयोजक ढकालले जानकारी दिनुभयो । 

जनसंगठनमा बरिष्ठ उपाध्यक्ष पद हटाइएको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य गरिएको छ भने दुई उपाध्यक्ष रहने ब्यवस्था गर्दै एक जना महिला उपाध्यक्ष रहने ब्यवस्था गरिएको छ । यस्तै बढीमा दुई उपमहासचिव र बाँकी सचिव रहने गरी बिधान संशोधन गरी आगामी महाधिवेशनबाट कार्यान्वयन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।