विराटनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले ३ हजार पिस मास्क वितरण गरेको छ । विराटनगरस्थित मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

पूर्वाञ्चल बालआश्रममा एक हजार ५०० र सेनिटाइजर तथा मानव सेवा आश्रमलाई एक हजार ५ सय मास्क वितरण गरेको मोरङका सचिव हरि अधिकारीले जानकारी दिनु भयो । 

अधिकारीका अनुसार प्रेस सेन्टर नेपाल प्रदेश १ का बरिष्ठ उपाध्यक्ष नवराज कट्टेल र मोरङका अध्यक्ष अर्जुनकुमार आचार्यले मास्क तथा सेनिटाइजर हस्तान्तरण गर्नु भएको थियो । 

पूर्वाञ्चल बाल आश्रममा ८० जना आश्रित बालबालिका छन् । यसैगरी मानव सेवा आश्रममा समेत ८० जना असाह्य नागरिकलाई संरक्षण गरेर राखिएको छ । प्रेस

सेन्टर मोरङको आयोजनामा आश्रममा बस्ने आश्रितलाई सहयोग पुग्ने गरि मास्क तथा सेनिटाइजर वितरण गरेको हो ।