विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ९०१ जना संक्रमण मुक्त भएका छन् ।  सामाजिक विकास मन्त्रालयका अनुसार ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५,  उदयपुर, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो । 

 मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहवी र बराहक्षेत्रमा १–१ जना संक्रमित थपिएका छन् । 

 धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६५७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लाो समय संंक्रमण दर घटेर गएको छ ।