धरान /धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान ९ की ७६ बर्षीया वृद्धाको मृत्यु  भएकाेे छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उहाँको गए राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक वृद्धा मधुमेहबाट पीडित भएकाे बताईएकाे छ ।

मृतकले कोभिड १९ विरुद्धको खोप लगाएको पनि प्रतिष्ठानले जनाएको छ । उहााँलाई शुुुुक्रबाार संक्रमण पुष्टि भएको थियो। शुुुुक्रबार नै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।