धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारत धरानका दुई सङ्क्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान–१५ का ७२ बर्षीय पुरुष र धरान–११ क ४५ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार ७२ बर्षीय पुरुषलाई यही माघ ९ गते कोरोना पोजेटिभ भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा बुधबार मात्र भर्ना गरिएको थियो । विहीबार विहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

४५ बर्षीय पुरुषलाई माघ ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लिभर, मृगौलामा सङ्क्रमण  भएका उहाँलाई माघ ६ गते नै अस्पताल भर्ना गरिएको थियो । उहाँको बुधबार विहान मृत्यु भएको सहप्रवक्ता पोखरेलले जानकारी दिनु भयो ।