रानीटार, उदयपुर  / २०७४ सालमा सम्पन्न संसदीयनिर्वाचन गराउन त्ति बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै सरकारमा थिए । २०७४ मंसिरमा भएको निर्वाचनमा त्यस क्षेत्रबाट जितेर माननीय, मुख्यमन्त्री, मन्त्री धेरैजना भए । तर शेरवहादर देउवा,  प्रदेश १ का ततकालिन मुख्यमन्त्री शेरधन राईलगायतले तामझामका साथ शिलान्यास गरेको आमचोक भोजपुर  खोटाङ दक्षिणी भेक र उदयपुर जोडन रानीटारस्थित दुधकोशीमा पुल अझै बनेको छैन् ।  २०७४ साल भाद्र ३१ गते शिलान्यास भएको पुल बेवारिसे अवस्थामा छ । 

उदयपुर क्षेत्र नं. १ बाट चुनाव जितेका डा. नारायण खड्का हाल पराराष्ट्रमन्त्री हुनु हुन्छ । भोजपुर क्षेत्र नंं १ बाट प्रतिनीधि सभा सदस्यमा माओवादीबाट सुदन किरातीले चुनाव जित्नु भयो । सोही क्षेत्रका प्रदेश सभामा एमालेबाट जितेर शेरधन राई साढे तीन बर्ष प्रदेश १ को मुख्यमन्त्री बन्नु भयो ।

लोकप्रिय नेताहरुको चुनाव क्षेत्रमा शिलान्यस भएको पुल एउटा पिलरका खाल्डो खनेर ४ बर्षदेखि अलपत्र छ । पुल नहुँदाको सास्ती भोजपुर र खोटाङका बासिन्दाले खेपि रहेका छन् । पुल नभएर एम्बुलेन्स नआउदा कयौंको ज्यान गएको छ । कतिले सास्ती पाएका छन् । पुल बनाउने एजेण्डा बनाएर कांग्रेस,एमाले र माओवादीलगायतले चुनाव लडे । उदयपुर तर्फ प्रतिनीधि सभामा कांग्रेसका डा. नारायणखड्काले चुना जित्नु भयो । भोजपुर तर्फ माओवादीबाट सदन किरातीले चुनाव जित्नु भयो । प्रदेशमा एमालेबाट शेरधन राईले चुनाव जित्नु भयो । जुन जोगी आए पनि कानै चिरेको भने झै जनताको सुविधाका लागि कोशीमा पुल लगाउन नेताले पहल गरेनन् । सदनमा सुदन किरातीले बेला बेलामा कुरा उठाउन ुभए पनि त्यो प्रभावकारी भएन् । 

नेताको नजरमा रानीटारको पुलको योजना नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाएनन् । तराई पहाड आउजाउ गर्दा बषौंदेखि सास्ती मात्र भोगि रहे । 

फेरी चुनाव आउदैं छ । अव फेरी त्यही पुल बनाउने एजेण्डा लिएर नेता गाउँ पस्ने बेला भएको छ । एउटै योजना देखाएर चुनाव जित्ने, जनताका सुविधाका लागि माखो नपार्ने नेताहरुलाई गाउँमा  बहिस्कार सम्मको योजना रहेको स्थानीय बताउन थालेका छन् । 

 सरकारको २४ करोडको लागतमा पुलको ठेक्का रसुवा एस एन एस तथा पप्पु जेभीले लिएको थियो । पुलको वारिपारि रहने दुईवटा  आधारस्तम्भ बनाएर छाडिएको छ ।  २ सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइ र ५ स्पान र ६ पिलर रहने गरि काम थालिएको थियो । दुई बर्षमा काम सक्ने गरि ठेक्का लगाए पनि हाल काम हुन सकेको छैन् । 

पुलको अभावमा पश्चिमी भोजपुरको आमचोक गाउँपालिका, खोटाङका जन्ते ढुंगा गाउँपालिकाका जनताले प्रत्यक्ष मारमा परेका छन् ।

उदयपुर हुँदै तराईका जिल्लाहरुबाट दैनिक उपभोग्य सामग्रीको आयात गर्ने भोजपुरका आमचोक गाँउपालिका र खोटाङ जन्ते ढुंगाका स्थानीयले रानीटारको झोलुंगे पुलबाट प्रति केजी १ रुपैयाँको दरले सामान ढुवानी गरेर कोशी तार्नु पर्ने बाध्यता रहदै आएको छ ।

विकट पहाडी क्षेत्र पर्ने भोजपुर, खोटाङका स्थानीयले झोलुंगे पुलको सहायतामा प्रति केजी १ रुपैयाँका दरले सामान ढुवानी गराउदा पनि, प्राय ढुवानी गर्ने व्यक्ति पाउन मुस्कील रहदै आएको छ । सिधा यातायात सञ्चालन नहुँदा सामान ढुवानी देखि चर्को मुल्यको समस्या झेल्दै आउनु परेको स्थानीयको गुनासो छ । तस्विरहरु: मणी बान्तवा राई