धरान / यहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । 

गत माघ ६ गते भर्ना भर्ना भएको लहाल–१९ का ६२ बर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  फोक्सोमा समस्या भएर उहाँलाई विहीबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । बुधबार नै उहाँमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनु भयो । 

यस्तै सिरहा नगरपालिका–१ क ८० बर्षीय पुरुषको पनि शुक्रबार विहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । आन्दामा समस्या भएको उहाँको पुस २९ गते कोरोना सङंक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना हुनु भएका ८० बषसर््य वृद्धको उपचारको क्रममा विहीबार ११ः ३५ बजे मृत्यु भएको हो । 

यस्तै महोतरीका श्रीपुर–३ का ३० बर्षीय युवकको विहीबार राती ११ बजे उपचारको क्रममा मृत्यु भएको छ । माघ ५ गते पतिष्ठानमा भर्ना भएका ती युवकको सोही दिन कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनीहरुको अन्त्यष्टिका लागि शव व्यवस्थापनको काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिनु भयो ।