धरान / सुनसरीमा विभिन्न पालिकाका ४८ जना स्वास्थ्यकर्मी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । स्वास्थ्यकर्मीहरु नै सङ्क्रमित भए पछि अस्पतालहरुको सेवामा स्वास्थ्यमर्की अभाव हुन थालेको छ । 

जिल्ला जन स्वास्थ्य कार्याल सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार इटहरी उपमहानगरपालिकामा १४ जना, बराहक्षेत्र नगरपालिकामा १० जना, नरुवा नगरपालिकामा ३ जना धरान उपमहानगरपालिकामा १७ जना, हरिनगरा गाउँपालिामा २ जना र कोशी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । 

बराहक्षेत्र नगरको चतरा र मधुवन प्राथमिक स्वास्थ्य केन्द्र र प्रकाशपुर स्वास्थ्य चौकीका १० जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीहरु नै सङ्क्रमित भए पछि स्वास्थ्य उपचारमा प्रभाव परेको स्थानीयले बताएका छन् । 

बुधबार र बिहीबार गरिएको  परीक्षणमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ल्यावान कार्यरत  ३ र पारामेडिक्सका चिचिकत्सक २  जना, प्रकाशपुरको स्वास्थ्य चौकीका २ महिला र २ पुरुष कर्मचारी तथा मधुवन प्राथमिकत स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमणको पुष्टि भएको नगरपालिकाका स्वास्थ्य सहायक जितेशजंग थापाले जानकारी दिनु भयो । उनीहरुसँग नजिक भएर काम गरेका स्वास्थ्यकर्मीहरु पनि कन्ट्राक्ट ट्रेसिङमा परे पछि स्वास्थ्य केन्द्रहरु स्वास्थ्यकर्मीविहीन हुन थालेको स्थानीयले बताएका छन् । अन्यको पनि विहीबार स्याव लिइएको थापाले बताउनु भयो ।    

धरान उपमहानगरपालिकाका विभिन्न स्वास्थ केन्द्रका १७ जना स्वास्थ्यकर्मी सङ्क्रमित छन् । केही वडा नं १४ र २० नं. को स्वास्थ्य केन्द्र बन्द नै गर्नु परेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनु भयो । पछिल्लो समय स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण दर तिव्र बढेको उहाँले बताउनु भयो ।