धरान / भारत तर्फ अवैध रुपमा गाँजा लैजादैं गरेको अवस्थामा एक सय केजी गाँजासहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । 

सुनसरीको बर्जु गाउँपालिका वडा नं ५ तीनमुहान दक्षिण शाखा नहर डिलको बाटो हुँदै भारततर्फ लैजादैं गर्दा तिनमुहान भन्दा दक्षिण शाखा नहरको ७ नं ढोका नजिकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

 पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य कटहरिया जिल्ला देबीपुर १० घर बताउँने ५० बर्षीय जीतेन्द्र राय, सोही स्थान देविपुर १९ घर बताउँने २६ बर्षीय मिठ्ठु राय, पुर्णिया जिल्ला सरसी ३ घर बताउँने  १९ बर्षीये पंकज महलदार रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो । शविनार राती ८ बजेको समयमा नहरको छेउबाट ५ वटा सेतो प्लाष्टिकको बोरामा सलको नाम्लो तथा काधमा बोकी दक्षिण भारततर्फ उनीहरु जाँदैं गर्दा सुराककोआधारमा प्रहरीले बरामद गरेको थियो । 

आइतबार जिल्ला अदालत सुनसरीमा म्याद थप गरि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान थालिएको एसपी थापाले जानकारी दिनु भयो ।