धरान / जिल्ला प्रहरी कार्यालय सुनसरीले हतियारसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले इनरुवा ३ महेन्द्रचोकबाट बुधबार साँझ १ जना र विहिवार विहान २ थान हतियारसहित ३ जनालाई पक्राउ गरेको हो ।  

विशेष सूचनाका आधारमा खटिएको टोलीले इनरुवा–३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र  प्लाष्टिक भित्र ग्लोवल  आइएमए बैक  लेखेको कागजमा पोको पारेको विएमएम केएफ लेखिएको एक राउण्ड गोलीसहित सुनसरी हरिनगर गाउँपालिका वडा नं ७ घुस्कीका २० बर्षीय सबिर मियालाई पक्राउ गरेको हो । उनको साथबाट ज २ प ५१९४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।  

विहीबार विहानको समयमा सोही स्थानबाट प्रहरी टोलीले एक थान अटोमेटिक पेस्तोल, ७।६५ एमएमको ३ राउण्ड गोली र २ थान म्यागजिन बरामद गरेको छ ।  पक्राउ पर्नेहरुमा सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की बस्ने वर्ष ३१ को सवरेज मिया, सोही स्थान बस्ने वर्ष २५ को सिकन्दर मलाहा र वडा नम्बर ६ बस्ने २३ वर्षिय फरियाद अन्सारी रहका छन् । सविर मियाँको वयानको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुरुले  प्रयोग गरेको को १८ प  ६२२५ र  को ६ प १०९ नम्बरको मोटरसाइकल समेत प्रहरी बरामद गरेको छ । उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्धामा विहीवार नै जिल्ला अदालत सुनसरीमा म्याद गरि  आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।