इनरूवा ।  नेकपा एमाले सुनसरीकाे  साताे जिल्ला अधिवेशनमा भएकाे निर्वाचनमा १७३ मत गन्दा अध्यक्षमा रेवती भण्डारी अगाडी आउनु भएकाे छ । भण्डारीले  ८७ मत पाउदा खेमराज पाेखरेलले ७६ मत पाउनु भएकाे छ । द्वरिकलाल चाैधरीकाे  दश मत छ ।

सचिवमा पर्शुराम यादव निर्विराेध निर्वाचित हुनु भएकाे प्रचार सहसंयाेजक रवि खनालले जानकारी दिनु भयाे ।

नेकपा(एमाले) जिल्ला कमिटी सुनसरीको सातौ जिल्ला अधिवेशनको यहि पुस २३ गते उदघाटन ईनरुवा १ स्थित जेल फिल्डमा भएको थियो। बन्द शत्रको कार्यक्रम पुस २४ गते बिहान बाट शुरु भएको थियो। २१५० प्रतिनिधि सम्मिलित अधिवेशनको नेतृत्व चयनका लागी निर्वाचन यहि पुस २७ गते सम्पन्न भएको थियो। कुल प्रतिनिधि मध्य १८०५ मतदाताले मतदान गरेका थिए।

आज बिहान १०:०० अध्यक्ष मण्डलको बैठक बसी मतगणना आचारसंहिता तय गरी दिउँसो १:१५ बजे मतगणना प्रारम्भ गरिएको हो। प्रारम्भमा खसेको मतपत्र सबै लाई पदाधिकारी, खुल्ला सदस्य क्षेत्र, भुगोल, समावेशि क्लस्टर लाई सर्टिङ गर्ने कार्य सम्पन्न गरिएको छ। सर्टिङ भएको मतपत्र अनुसार पहिलो चरणमा पदाधिकारीको मत गनिएको छ।  अहिले सम्म १७३ मत गणना गरीसकिएको र भोलि बिहान १०:३० बजे देखि बाकी मतगणना गर्ने गरि स्थगित भएको छ। 

हाल सम्मको मत परिणाम:-

अध्यक्ष 

१) क. खेमराज पोखरेल  ७६

२) क. द्वारिकलाल चौधरी  १०

३) क. रेवतीरमण भण्डारी  ८७

उपाध्यक्ष 

१) क. नन्द बस्नेत ६९

२) क. निलम खनाल १०३

उपसचिव 

१) क. अन्जनीकुमार पोखरेल ५३

२) क. अर्जुन गहतराज २८

३) क. पदम प्रसाद लिम्बू ३६

४) क. योग्यराज खड्का ५३

५) क. राम कोईराला ८९

६) क. लहरुमाया जिमि १६

७) क. लोकेश निरौला ५२