धरान / नेकपा एमाले सुनसरीको ७ आैं अधिवेशनमा अध्यक्षमा ३ जनाकाे मनोनयन दर्ता भएकाे छ ।

जिल्ला निर्वाचन कमिटीका अनुसार अध्यक्षमा खेमराज पोख्रेल, रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरीले उम्मेद्वारी दर्ता गराउनु भएकाे छ ।  अधिवेशन आयोजक कमिटीका अध्यक्ष पाेखरेलले एक कार्यकाल फेरी अध्यक्ष हुन चाहनु भएकाे छ ।

भण्डारी र चौधरी दुवै पुर्वअध्यक्ष हुन् । पोख्रेल र भण्डारी दुवै संस्थापन पक्षका हुन् । इटहरीका मेयर चौधरी भने २०७७ पुष ५ गते पछ तटस्थ हुनु हुन्छ । 

यसैगरि, एक जनाको उपाध्यक्ष पदमा पनि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा मनोनयन दर्ता गर्नेहरुमा लिलम बस्नेत, निलम खनाल र नन्दकुमार बस्नेत रहनु भएकाेे छ । बस्नेेत हाल उपाध्यक्ष हुन ।

यस्तै, एक जनाको सचिव पदमा २ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्नेमा संस्थापन पक्षका पर्शुराम यादव र १० बुँदे पक्षका शुत्रघन यादव रहनु भएकााे छ । । यस्तै, २ जना उपसचिव पदमा ७ जनाको उम्मेदवारी परेको छ ।