धरान / बराह बचत तथा ऋण सहकारी संस्था धरान ८ को १२ औंं बार्षिक साधारणसभा  शुक्रवार सम्पन्न गरेको छ ।  मानबहादुर विश्वकर्माको अध्यक्षतामा धरान ८ स्थित बराह सपिङ्ग कम्प्लेक्सको तेस्रो तलामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका संचालक सदस्य शिवकुमार डांगी, विशेष अतिथि बराह ग्रुपको अध्यक्ष शिवकुमार लामिछाने, जिल्ला सहकारी संघको संचालक सदस्य चन्द्र सुवेदी, राष्ट्रिय सहकारी बैक धरानका प्रमुख सम्झना दाहाललगायतको उपस्थिति रहेको थियो । 

 “हामी सबैको बराह आर्थिक उन्नतीको सहारा” भन्ने मूल नाराका साथ सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरी इनरुवामा सहकारी ऐन २०४८ परिमार्जित २०७४ बमोजिम सुनसरी जिल्ला धरान उपमहानगरपालिकामा मिति २०६६ साल भाद्र २१ भई सुन्दर नगरी धरान उपमहानगरपालिकामा स्थापना भएको यस संस्थाले आर्थिक रुपमा पछाडि रहेका वर्ग र समुदायहरुलाई आर्थिक क्रियाकलापको मूल धारमा ल्याउने काम गरेको संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले बताउनु भयो । 

उत्पादनको क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई आर्थिक रुपमा सफल र स्वरोजगार बनाउने उद्देश्य र परिकल्पनाका साथ स्थापित यस बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड  १२ औं बार्षिक साधारणसभा सम्म आई पुग्दा संस्थामा हाल ५११७ जना शेयर सदस्य भएका छन् ।  संस्थाले २०७७/०७८ मा शेयर रकम रु १० करोड, २९लाख १६ हजार ५ सय पु¥याइएको छ । जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९ सय ८७  रहेको छ । भने निक्षेप संकलन रु। ७२ करोड, १९ लाख ८४ हजार ६ सय ४४ रहेको छ ।  ऋण लगानी ७९ करोड, ३२ लाख ४४ हजार ८ सय २९ रहेको छ । यसै गरी संस्थाले २०७७/०७८ मा खुद मुनाफा ३ करोड ६७ लाख ३२ हजार ३ सय ४३ कमाएको छ । १२ औं वार्षिक साधारणसभाले १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ  । खुल्ला सत्रको कार्यक्रम संचालन संस्थाको व्यवस्थापक दातेन्जी शेर्पाले गर्नु भएको थियो । कार्यक्रम समापन संचालक सदस्य गंगा बहादुर कालिकोटेले गर्नु भयो । कार्यक्रममा सर्वाधिक निक्षेप संकलनकर्ता ३ जना सकृय अभियान्ता ११ जना र बराह प्रोत्साहन पुरस्कार ५ जनालाई सम्मान गरेको थियो ।

No description available.