इनरुवा ।  नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेताहरुले सर्वसम्मतबाट नेतृत्व चयन गर्न जोड दिनु भएको छ । सुनसरी सदरमुकाम इनरुवाको जेलफिल्डमा नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेताहरुले यस्तो सुझाएका हुन । 

सुनसरीको सदरमुकाम इनरुवा नेकपा एमालेको सातौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलको माध्यमबाट सुनसरी सहित देशभर नै एकसाथ उद्घाटन गर्नु भएको थियो ।  उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मुलुकको पहिलो पार्टी बनाउने सन्देश अधिवेशनले दिएको बताउनु भयो । 

नेकपा एमालेका अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउनका लागि एक जुट भएर जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृत्व चयन गर्न आग्रह गर्नु भयो । नेकपा एमालेलाई मजबुत बनाउनका लागि अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्न सकेमात्र मुलुकभर एकताको सन्देश जाने उहाँलेबताउनु भयो । 

उद्घाटन कार्यक्रमलाई सम्वोधन गदै स्थायी कमिटि सदस्य गुरु बरालले नेकपा एमालेलाई एकताबाट बलियो बनाउने बताउनुभयो । नेकपा एमाले एकताबाट आगाडी बढ्ने र सम्वन्ध विच्छेद नभई कमी कम्जोरीहरुलाई सच्याउँदै सिकाईलाई बढी प्राथमिकता दिएर पार्टीलाई एकसुत्रमा बाँधन आवश्यक रहेको उहाँले बताउनु भयो । 

जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रदेश–१ का पूर्व मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य जगदिश प्रसाद कुसियैतले जिल्लाको नेतृत्व सर्वसम्मतबाट चयन हुने बताउनुभयो । नेकपा एमालेमा कुनै खेमा नरहेको उहाँले बताउँदै अधिवेशनले नयाँ रुप दिदै सक्षम र कुशल नेतृत्व चयन गर्ने समेत बताउनुभयो ।  पार्टीको अधिवेशन भएकाले एक ढिक्का भएर सहमतिबाट नेतृत्व चयन हुनेमा जोड दिनु भयो । अधिवेशनले नेता तथा कार्यकर्ताहरुमा उत्साह थपिएकोले नयाँ नेतृत्व चाहेको जस्तो नै कार्यसमितिमा पदाधिकारीहरु सहित अन्य पदहरुमा जुझारु नेताहरुलाई ल्याउने समेत उहाँकोभनाई थियो । 

No description available.

त्यसैगरि नेकपा एमालेकी नेतृ भगवती चौधरीले मुलुकमा आर्थिक र सामाजिक क्रान्ति ल्याउन आवश्यक रहेको बताउनुभयो । नेकपा एमाले समाजवादको सिद्धान्तलाई अंगालेर अघि बढेको बताइउन ुभयो । 

अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेतृ चौधरीले सुनसरीमा एकजुट भएर १२४ वटा वडा, ८ वटा प्रदेश सभा र ४ वटा संघीय क्षेत्रमा नेकपा एमाले कब्जा गर्ने सकेमात्र लक्ष्य पुरा हुने बताउनु भयो । 

त्यसैगरि नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरीका सहइन्चार्ज तैयब हुसेनले २०६९ सालमा भएको छैठो अधिवेशन सुनसरीको धरानमा भएको र सातौ अधिवेशन सुनसरीको इनरुवामा भएको जानकारी गराउनु भयो । केन्द्रीय सदस्य हुसेनले सातौ जिल्ला अधिवेशनले सबैजातजाति, धर्म, लिङ्ग, भाषाका व्यक्तिहरुलाई नेतृत्वमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनका अध्यक्ष खेमराज पोखरेलले एकताबद्धबाट उत्साहका साथ अधिवेशन सम्पन्न हुने बताउनु भएको छ । पार्टीले सबैलाई मिलाएर सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रतिवद्धता पोखरेलले व्यक्त गर्नु भयो । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास रहेकोले पुस २५ गतेभित्रसम्म जिल्ला कमिटि चयन गर्न सफल हुने समेत उहाँले बताउनु भयो । 

अधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय सदस्य मन्जु मण्डारी, लक्ष्मी गौतमm अम्रिता सुब्बालगायतका नेताहरुले नेताहरुले सम्बोधन गनुृ भएको थियो । त्यसैगरि नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी र नेकपा माओवादीका नेता ओके दाहाललगायतले समये अधिवेशनको सफलताको शुभकामना राखेका थिए । शनिवारविहान ७बजेदेखि बन्दसत्र शुरु हुने आयोजकले जनाएको छ । भोली बन्दसत्रलेनेतृतव चयन गर्ने छ । अध्यक्षका लागि हालका अध्यक्ष खेमराज पोखरेल,  द्वारिकलाल चौधरी र  रेवती भण्डारी आकाक्षी देखिएका छन् । 

May be an image of 7 people and people sitting