धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका–६ जब्दी जलपाई चोकमा बस्दै आएका आफुलाई महामानव दावी गर्ने टिकाप्रसाद विश्वकर्मा(लामिछाने)ले झक्तजनहरुलाई बहसमा पारेर लाखौ ठगी गरेको खुलेको छ । 

आफुलाई दैवीशक्तियुक्त महामानव र इश्वरकोरुप भएको दावी गर्ने विश्वकर्माले भक्तजनहरुलाई मध्यरती सप्तकोशी नदीमा लगेर देवलोकबाट देवी देवता प्रकट गराएर दर्शन गराउने गरेका थिए । उहाँले भक्तजनहरुलाई मावन भन्दा एक चरण माथिल्लो प्राणीको रुपमा पुर्याएको दावी गर्ने उहाँले ५ सयभन्दा बढि व्यक्तिको लाखौं ठगी गरेको सार्वजनिक भएको छ । ठगीनेमा शिक्षित शहर धरानमा बसोवास गर्ने धेरैव्यक्ति रहेका छन् । 

२०६५ सालदेखि विश्वास गरेर सुनचादी, पैसा मागे जति दिदैं आएका थिए । वली पुजा, गुप्तवासको नामा लाखौ पैसा उहाँहरुले खर्च गदैं आएका थिए ।  महामानवका लागि उनीहरुले लाखौ पर्ने जग्गासमेत खरिद गरि दिएको धरान–८ का पीडित सिताराम मल्ल बताउनु भयो ।   

लामो समयदेखि विशवास गरेर उहाँहरुले बाबा भनिने टिका प्रसाद र उहाँका चेलाले जेजति भने त्यति पैसा सुन चादी चढाउदैं आएका थिए । भने जति पैसा नचढाए र नदिए आफै भस्म भएर पर्ने, आफुसँग भएको दैविशक्ति लगाई दिने धम्की दिएर पैसालिने गरेका थिए । उनीहरुको करिव १५० जनाको टिम थियो । विभिन्न देवि देउता भएर राती प्रकट हुने गरेका थिए । तर पछि ति देविदेउताको रुपमा मध्य राती सप्तकोशी किनारमा प्रकट हुनेहरु बाटोमा भेटिन थाले । त्यस पछि भक्तजनहरुमा संका लागेर अनुसन्धान गर्न थालेका थिए । देवलोकमा पैसा, सुन आवश्यक पर्यो भनेर भक्तजनहरुसँग संकलन गरेरदेवलोक हिडेका महामानव विश्वकर्मा ३ महिना पुख्यौली घर भोजपुर गएर बसेको उहाँहरुले पत्ता लगाएका थिए । त्यसपछि आफुहरु ठगिएको भन्ने महसुस गरेर ती भक्तजनहरु बाबाको विरोधमा उत्रन थालकोे इनरुवाका जीवन रेग्मीले बताउनु भयो । 

लामो समयदेखि आफुहरु  ठगीएको थाहा पाए पछि उहाँहरु प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पुग्नु भएको थियो । तर प्रकासनले उजुरीमाथि कारवाही गर्न वेवास्ता गरे पछि विहीबार धरानका पत्रकारहरलाई अवगत गराउनु भएको थियो । 

यसरी फसेका थिए 

पीडित मध्येका एक धरान ८ का सीताराम मल्लले बहिनीको उपचार गर्न गएका थिए । बाबाकोउचारले सबै रोग निकोहुने सुनेका मल्ल त्यहाँ पुगे पछि  आफै मोहित भएर बाबाकोपछि लागेको बताउनु भयो ।  ठूलोधनराशी गुमाएका मल्ल पछिल्लो ९ महिना यता संकालागेर उहाँले नै बाबामाथि अनुसन्धान शुरु गर्नु भएको थियो ।  कोशी नदीमा प्रकट हुने देवी देवताहरु देवलोकबाट आएका वास्तविक देवी देवता नभै महामानव भनिएका विश्वकर्माकै भाईभतिजा, आफन्तहरु भएको पत्ता लगानुभएको थियो । त्यसपछि आफु र अन्य भक्तजनहरुले विरोध गर्न थालेपछि मार्ने धम्कीसमेत आएको उहाँले बताउनु भयो । ‘लोभ, डर प्रलोभन देखाएर धेरैलाई ठगीएको छ । धरान, काठमाण्डौं, र विदेशीहरुलाई पनि यसरी नै ठगेको छ । बाहिर हल्ला गरे ज्यान मार्ने धम्कीदिने गरेको छ ।’–काठमाडौ–धरान बस चलाउने मल्लले भन्नु भयो । 

भक्तजनहरुले सुनसरीको महेन्द्रनगरमा ६ कठ्ठा १७ धुर जग्गा समेत खरिद गरि दिएका छन् । उक्त जग्गा बाबाकै आफन्त निलम माया मगरकोनाममा रहेको मल्लले बताउनु भयो । 

आफ्नी श्रीमति विरामी भएपछि बाबा भएको स्थानमा पुग्नु भएका धरान–९ का पटेल सिंह पनि ठगीनु भएको छ । धरान कै शान्ति लामिछानेले आफुलाई पनि राती कोशीमा लगेर मसानहरु देखाएको बताउनु भयो । देविदेउता पर्कट भएको देखाएको उहाँले बताउनु भयो । पछि श्रीमानको मृत्यु हुने बेला भएको भन्दै आयु थप गर्न सुनचादी र पैसा मागेको उहाँले बताउनु भयो । सुनचादी र पैसा बुझाएपछि श्रीमानको आयु जोडिएर ७८ बर्ष पुर्याएको भनेर बाबाले भनेको उहाँले बताउनु भयो । उहाँका श्रीमान् ६४ बर्षको हुनु हुन्थ्यो । विश्वासमा परेर आमाको गरगहना बेचेर लामिछानेले १ कट्ठा जमिन बाबालाई किनिदिनु भएको थियो । ती बाबाकोमा पुगे पछि शरिरमा देवि देउताहरु प्रकट हुनेर सपनामा देख्ने गरेको लामीछानेले बताउनु भयो । उहाँ सपनामा सरस्वती, विष्णु भगवनालाई देखनु गरेको ती बाबालाई बताउनु भएको थियो । त्यस पछि ती बाबाले अव तिमी मानव होइन सरस्वाति भयौ भनेर भन्ने गरेका थिए । ती बाबाले इन्द्रजाल, मायाजाल किताव प्रयोग गरेर दुनियालाई भ्रममा परेको उहाँको भनाई छ । 

मावनकमजोरी सच्चाउन गुफा बास

सुनसरीको बराहक्षेत्र नगरपालिका– जव्दीमा महामानव बासस्थान भनेर बोर्ड नै राखिएको छ । सोहीआसपासमा गुफा बस्न अनकन्टार स्थानमा टहरा बनाइएको छ । मानवमा भएको कमजोरी सच्चाउन र मानव भन्दा एक स्तर माथि पुगेर जीवन विताउन पाइने भन्दैं उक्त गुफामा तीन चरण गरे १५ दिनसम्म राख्ने गरिएको पीडित मध्यका जीवन रेग्मीले बताउनु भयो । हालसम्म १४० भन्दाबढिले गुफा बास बसेको बताइएको छ । पहिलो पटक ५ दिन बसेको १२ हजार दोश्रो पटक १० हजार तेश्रो पटक ८ हजार पैसा लिने गरेको पीडितहरुले बताएका छन् । सबै रोग व्यधी निको हुने भन्दैं ‘ओली’ गर्न लागाउने र प्रतिव्यक्ति ४० हजार असुल्ने गरेको पीडित रेग्मीले बताउनु भयो । 

जिल्ला प्रशासन कार्यालयमा उजुरी 

आफुहरु ठगीएको थाहा पाए पछि पीडितहरुले एक साता अघि इलाका प्रहरी कार्यालय फोन नं. सहितको किटानी जाहेरी दिएका थिए । उहाँहरुले ज्योतिष शिव सेवा केन्द्रको संस्थापक भन्ने टिकाप्रसाद विश्वकर्मा, सेवा केन्द्रको अध्यक्ष मनोजकुमार पोखरेल, सेवा केन्द्रका सचिव भुपेन्द्र खतिवडा र केन्द्र कै सदस्य निलम मायामगरको नाममा ठगीको किटानी जाहेरी दिइएको छ । तर प्रहरीले जाहेरी नै लिन नमानेको पीडित सिताराम मल्लले बताउनु भयो । उहाँहरुले विभिन्न व्यक्तिको ५७ लाख ठगी गरेको उजुरीमा उल्लेख छ । प्रहरीले वेवास्ता गरे पछि पुन २१ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा आवश्यक कारवाही तथा अनुसन्धान गरि पाउँ भनि उहाँहरुले निवेदन दिनु भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले स्थानीय तहसँग समन्वय गरि कारवाही अगाडी बढाउन निर्देशन जारी भएको तर तत्काल कारवाहीको लागि पहल नभए पछि उहाँहरु निराश भएर फर्कनु भएको थियो ।

हामीले इश्वर मानेका छौं– सेवा केन्द्रका सचिव

यस विषयमा महामानव बताउने विश्वकर्मासँग फोन सम्पर्क गर्न प्रयास गर्दा उहाँले सम्पर्कमा आउनु भएन । सेवा केन्द्रका सचिव भुपेन्द्र खतिवडाले भने बाबालाई आफुहरुले ईश्वर मानेको प्रतिक्रिया दिनु भयो । उहाँमा इश्वरको रुप छ । लामो समय अनुसन्धान गरेर आफुहरु बाबाको पछाडी लागेको बताउनु भयो । विभिन्न व्यक्तिको करिव ५७ लालको ठगी दावीको विषयमा भने खतिवडाले अस्वीकार गर्नु भएको छ । उहाँहरुले विश्वासले चढाएको पैसा भएको र यत्रो मुल्य नभएको बताउनु भयो । उहाँले आरोप लगाउनेहरु नै ठग भएको बताउदैं पहिलो बाबासँग मिलेर भक्तजनहरुको पैसा अपचलन गरेर तर अहिले हामीले संस्था बनाएर काम गर्न थाले पछि ठगी गर्न नपाएर उजुरी गरेको आरोप लगाउनु भयो । उहाँले पीडित भनिएकाहरुले संस्थासँग पाँच लाख रुपैया मागेको र नपाए पछि उजुरी तथा मिडियामा गएको खतिवडाको आरोप छ । ‘ठगीनु भएको भए उहाँहरुले पहिल्ये किने कुरा उठाउनु भएन । १०÷१५ बर्षसम्म किने चुप लगेर बस्नु भयो ।’–खतिवडाले भन्नु भयो–‘उहाँहरुको आरोप मात्र हो ।’

यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उजुरी आएको बताउदैं स्थानीय तहसँगको सहकार्यमा आवश्यक अनुसन्धान शुरु गरिएको बताउनु भएको छ ।