धरान  / चर्चित नेपाली पप गायीका शिवानी मोक्तानले शुक्रवार धरान १५ स्थित वगरकोट तताउने भएकी छीन । 

     खुकुरी म्युजिक नेसनको सहयोगमा उहााँई एमएच लाउन्ज एण्ड वारले वगरकोटमा ल्याउन लागेका हो । नाइटलाइफको लागि पुर्वकै चर्चित स्थलको रुपमा विकसित वन्दै गइरहेको वगरकोटको पर्यटन पर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानी मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जीवन मेयाम्बो वताउनु भयो ।  

केही समय अघि पनि एमएचले सविन राई एण्ड द फराओ व्याण्ड ल्याएकाृ थियो । अंग्रेजी नयाँ वर्षको समय प्राय दिनहु जसो वगरकोटको वारहरुमा चर्चित कलाकारहरुको प्रस्तुती रहेको उहाँले बताउनु भयो ।  

    सिवानी शुक्रवार आफ्नो अन्तरा व्याण्डसहित प्रस्तुतिका लागि धरान आउनु हुने कार्यक्रम रहेको छ । साँझ सात वजेदेखि सुरु हुने सांगितिक कार्यक्रममा सिवानीले प्रस्तुति दिनु अघि उहाँको अन्तरा व्याण्डले कभर सङगहरु गाउने छन ।