नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशन पुस २३ र २४ गते सुनसरीको इनरुवामा सम्पन्न हुदैंछ । इनरुवाको विभिन्न ठाउँमा गेटहरु निर्माण गरेर सजाइएको छ । इनरुवालाई झकिझकाउ बनाइएको छ । इनरुवाको जेल्डफिल्डमा हुने ७ औं जिल्ला अधिवेशनलाई व्यवस्थित र भव्य बनाउन जिल्लाको पुरा टिम लागेको छ । जिल्ला अधिवेशनको तयारी र नेतृत्वको विषयमा नेकपा एमाले सुनसरीका उपसचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक लोकेश निरौलासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको तयारी कस्तो भइरहेको छ ?

नेकपा एमाले सुनसरीको ७औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । प्रतिनिधी छनौटदेखि अधिवेशन स्थलको व्यवस्थापन सबै पुरा भएको छ । करिव दुई हजार भन्दा बढि प्रतिनिधी पर्यवेक्ष, स्वयंसेवकहरुको उपस्थिति रहने छ । पुस २३ गते पार्टीका श्रेद्धय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २४ गते बन्दसत्रको कार्यक्रम हुने छ । छोटो समयमा नेकपा एमाले अधिवेशनका बिभिन्न उपसमिति बनाएर कामलाई अन्तिम चरणमा पु¥याएका छौं । छोटो समयको तयारीमा अधिवेशनलाई ऐतिहासिक र विशेष बनाउने हाम्रो लक्ष्य छ । 

 औं अधिवेशनले नेतृत्व कसरी चुन्ने छ ?

अधिवेशन र सम्मेलन भन्नाले नेतृत्व चयन गर्ने सन्दर्भमा मात्र छलफल हुने गरेको छ । नेकपा एमाले सुनसरीले गरेका गतिविधिहरुको समिक्षा, नीति तथा कार्यक्रम, भोलीका दिनमा कसरी अगाडी बढ्ने भन्नेलगायतको बिषयमा छलफल हुने छ ।  नेतृत्वको सवाल उद्घाटन सत्र सकिएपछि कुरा गर्छौ । पुस २३ गते शुक्रवार नै राजनीतिक सांगठनिक र आर्थिक प्रतिवेदन सकेसम्म प्रस्तुत हुने छ । पुस २४ गते शनिवार बिभिन्न समिति र उपसमिति बनाएर प्रतिवेदन माथि छलफल हुने छ ।  शनिवार नै सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रयास गर्छौ । सुनसरीमा ऐतिहासिक र सब्य सभ्य ढंगबाट सम्पन्न गराउन आयोजक कमिटीका अध्यक्ष खेमराज पोखरेललगायतका साथीहरु लागि पर्नु भएको छ । अव नेकपा एमाले एकताढंगबाट अगाडी बढ्ने छ । सर्वसम्मतबाट नेतृत्व चयन गर्नका लागि सबैलाई स्वीकार्य हुने गरि र सबै नेता तथा कार्यकर्ताहरुलाई व्यवस्थित गरि सबै समुदाय, जात, धर्म र लिङ्गको समावेश गरेर सुनसरी एमाले कार्यसमिति बन्ने छ ।

 नेकपा एमाले सुनसरीमा सर्वसम्मत होला त ? कस्तो लाग्छ तपाईलाई ?

हेर्नुस नेकपा सुनसरीको ७ औं जिल्ला अधिवेशन ऐतिहासिक अधिवेशन हो । त्यसैले हामी नेतृत्वमा सर्वसम्मत चयन गर्ने प्रयास गछौं । अधिवेशनले एकताको सन्देश दिन खोजेको हुनाले नेतृत्व चयन सर्वसम्मतबाट हुन भन्ने कुरामा म ढुक्क छु । हाम्रो प्रयत्न सर्वसम्मत गर्नु नै हो । नेकपा एमाले सुनसरी एकताबाट अगाडी बढ्छ । सुनसरीको विकास र समृद्धिमा ठुलो भुमिका निर्वाह गर्छ । सुनसरीका जनताको सारथी भएर नेकपा एमाले अगाडी बढ्छ । हाम्रो अन्तिम समयसम्म सर्वसम्मत गराउनेतिर प्रयास रहन्छ र जिल्लाको नेतृत्व सर्वसम्मतबाट नै चयन हुन्छ ।

 सुनसरी जिल्ला नेकपा एमालेको लागि संवेदनशिल जिल्ला मानिन्छ , दुई पक्ष हावी छन्, कसरी कसरी मिलाएर अगाडी बढ्छ त ?

सुनसरीमा पक्ष वा विपक्ष भन्दा पनि सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रयत्न रहन्छ । अहिले नेकपा एमालेभित्र एउटै पक्ष छ, त्यो भनेको नेकपा एमाले हो । दुई वा तीन वटा पक्षको बजारमा हल्ला हो तर त्यो यथार्थ होइन् । नेकपा एमाले भित्र एउटै पक्ष र त्यो ७ औं जिल्ला अधिवेशनले सन्देश दिन्छ । नेकपा सुनसरीसहित देशभर नै सर्वसम्मतबाट नेतृत्व गर्न चाहेको छ , त्यसैले पक्ष वा विपक्ष भन्दा पनि सर्वसम्मतबाट जिल्ला कमिटि चयन हुन्छ । त्यसमा कुनै शंका छैन् । नेकपाका नेता तथा कार्यकर्ताहरुले चुनाव चाहेको छैन्, त्यसैले एकताबाट प्रयत्न गरि सबैले चाहेको जस्तो नेकपा एमाले जिल्ला कमिटिको निर्माण हुन्छ ।

 नेकपा एमालेको ७ औं जिल्ला अधिवेशनबाट नेतृत्व छनौटका लागि कस्तो तयारी भइरहेको छ ?

अहिले हामी नेकपा एमालेको ७ औं जिल्ला अधिवेशनको तयारीमा जुटेका छौं । तयारीको पुरा पनि भइसकेको छ । अधिवेशनको उद्घाटन सत्रलाई भब्य बनाउने कुरामा मात्र कदम आगाडी बढेको छ । नेतृत्वको सवालमा अलि अलि समस्या २४ गते सहजढंगबाट समाधान गछौं र सर्वसम्मतबाट नेतृत्व चयन गर्छौ । नेतृत्वको बारे भन्दा पनि उद्घाटन सत्रलाई सफल बनाउनेतर्फ हाम्रो पहिलो ध्यान छ ।  

अन्त्यमा जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई के भन्न चाहन्छु  ?

नेकपा एमाले बाहेकका पार्टीका नेतृत्वकर्ताहरुलाई अधिवेशनका लागि निमन्त्रणा गरेका छौं । सहभागिताका लागि यहीबाट अनुरोध समेत गर्दछु । सुनसरीका विकास र समृद्धिका लागि, जनताको दुःख सुख साथ दिन नेकपा एमाले आगाडी बढिरहेको छ । सुनसरीका जनताको जीवनस्तरमा उन्नतीका लागि काम गर्दै आएका छौं । नेकपा एमालेको जिल्ला अधिवेशनमा सबैको सक्रिय सहभागिताको लागि अपेक्षा गरेको छु । भोलीका चुनौतीहरुलाई एकताबद्धबाट नै समाधान गर्नेछौं र त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं । सम्पुर्ण नेता तथा कार्यकर्तालाई एकतावद्धबाट नेकपा एमाले निर्माणका लागि आ–आफनो ठाउँबाट अभियान चलाउनका लागि हार्दिक अपिल गर्दछु । फुटेर होइन जुटेर पार्टीलाई मजबुद बनाउदैं आगामी निर्वाचनमा इतिहास बनाउन सवैको सहयोग र साथको अपेक्षा हामीले गरेका छौं ।

प्रस्तुती टोमराज मेहता