धरान  /  नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तह र पार्टीका जिल्ला तहका नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  

 माओवादी केन्द्र परित्याग गर्नेहरुमा बुद्धिजिवी फाँटका प्रदेश सचिव अर्जुन उप्रेती, प्रदेश सदस्य डा खगेन्द्र ओली, स्वास्थ्यकर्मी संघका जेपी उराँव, बुद्धिजिवि फाँटका चेवन कोइराला, विशाल ओलीलगायत रहेको पार्टीले जनाएको छ । 

उहाँहरुलाई नेकपा एसका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश एकका इन्चार्ज धनेन्द्र बस्नेत, पोलिटव्युरो सदस्य धर्मराज निरौला, जिल्ला अध्यक्ष गोविन्द निरौलालगायत नेताहरुले स्वागत गर्नु भएको थियो ।  नेकपा एसका केन्द्रीय सदस्य विष्टले ३१५ जनाको नामसहितको हस्ताक्षर प्राप्त भएको र केही समयभित्रै औपचारिक कार्यक्रम आयोजना गरि पार्टी प्रवेश गराएर जिम्मेवारी दिइने बताए । 

बुधवार  विज्ञप्ती जारी गरी माओवादी केन्द्रले सामान्य विधि, नीति र पद्दतीसमेत उल्लंघन गर्दै विर्सजनतर्फ अग्रसर भएकोले पार्टी परित्याग गरेको बताइएको छ । सांगठनिक, सैद्धान्तिक र बैचारिक विचलनसहित दक्षिणपन्थी विसजनवादतर्फ माओवादी केन्द्र गएको उहाँहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।