धरान / प्रधानमन्त्री शेरवहादुर देउवाले धरान आफ्ने चाहिना र छुट्टै विशिष्ठता भएको शहर भएको बताउनु भएको छ ।  मंगलबार धरान शहर १२१ औं बर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान दिवस कार्यक्रमलाई सम्बोधन गदैं प्रम देउवाले शिक्षा स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बताउनु भयो । आफ्नै विशिष्ठताका कारणले धरान १२१ ऋौं उत्सव मनाउन पाएको उहाँले बताउनु भएको छ । धरानले तीन दिनसम्म महोत्व गरेर धरानलाई देश विदेशमा चिनाउन थप मद्दत पुगेको उहाँले बताउनु भयो । 

 सम्बोधनका क्रममा नेकपा एमालेका नेता तथा सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य जयकुमार राईले प्रधानमन्त्री शेरबहादुर देउवालाई धरानको समग्र विकासका लागि गरिएको आग्रहाह प्रति पनि सकरात्मक भएको बताउनु भएको थियो । 

प्रम देउवाले विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको समस्यबारे सरकारले गठन रुपमा अध्ययन गरिरहेको र चाढेनिकास निकाल्ने बताउनु भयो । धरानमा भएका शैक्षिक संस्थाहरुको स्तरोन्नतीका लािग सरकारले काम आगाडी बढाएको बताउनु भएको छ । 

प्रतिष्ठान सुधारमा सरकार लागि परेको बताउनु भएको छ । प्रतिष्ठानका कुलपति समेत रहनु भएका देउवाले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउने बताउनु भयो । 

उहाँले  २ मिनेट मात्र सम्बोधन गर्नु भएको थियो । उहाँले अन्य विषयलाई भन्दा पनि धरान दिवसको शुभकामना दिएर मन्तव्य टुङ्गाउनु भएको थियो ।  

कार्यक्रमा पतिनिधी सभा सदस्य राईले धरानमा खानेपानी र बेरोजगारी समस्याको कारण व्यापारी, एदोगीहरु  बसाइसरेको स्मरण गराउनु भएको थियो । धरानको ऐतिहासिकतालाई जोगाउन समग्र विकासमा बजेट विनियोजन गर्न प्रम देउवालाई अनुरोध गर्नु भएको थियो ।  

प्रधानमन्त्रीले नियुक्तको समयमा कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउने बाचा धरानेहरुले सम्झिरहेको पनि बोल्ने क्रममा उहाँलेस्मरण गराउनु भयो । एमसिसीको विषयमा राष्ट्रिय सहमति जुटाएर सदनमा ल्याउन पनि उनले सुझाउनुभयो ।  

धरानको मुख्य समस्या सुकुम्वासी समस्या समाधान गर्न उहाँले माग गर्नु भयो । अघिल्लो सरकारले सुकुम्वासीका लागि धनी पूर्जा वितरण गर्न अगाडी सारेको योजना सञ्चालन गर्न पनि आग्रह गर्नु भयो । उहाँले  ६ महिनादेखि आन्दोलन भएर धरानको गहनाको रुपमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनिर्णयको बन्दी नबनाउनसमेत माग गनुृ भयो । धरानमा लामो समयदेखि अभाव भएको बस पार्क बन्न शुरु भएको छ । त्यसका लागि आगामी बजेटमा समेट्न आग्रह पनि गर्नु भएको छ । यस अघि प्रम देउवाले फोहोर प्रशोधन केनद्र उद्घाटन गर्नु भएको थियो । नयाँ निर्माणाधिन वस पार्कको समेत अवलोकन गर्नुृ भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताउनु भयो ।