बसन्तपुर / लालीगुराँसको राजधानी तेह्रथुम जिल्लाको तीन जुरे मिल्के जलजले क्षेत्रमा यो बर्ष सबैभन्दा भेरै हिऊ परेको छ । करिव तीन फिटसम्म हिउँ परेको स्थानीयबासीहरुले बताएका छन । हिऊ परेको एक साता वित्न लागेको छ तर हिउँ अझै ओभाएको छैन् । हिऊँमा खेल्न वूर्वको विभिन्न ठाउँबाट मानिस आउने क्रम रोकिएको छैन् । डिसेम्वर ३१ र जनवरी १ र २ तारिक यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो थियो । धरानदेखि बसन्तपुर, टुटेदेउरालीसम्म गाडीको  जाम भएको थियो । ७० प्रतिशत भन्दा बढि भारतीय गाडीहरुको ताती थियो । होटलहरु खचाखच थियो । हालसम्मपनि यहाँ हिउँ खेल्न आउनेको जमात थामिएको छैन् । पिक्निक खेल्न आउनेहरुको संख्या बढ्र गएको स्थानीय पत्रकार चन्द्र कार्कीले बताउनु भयो । उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ परेकाे छ । पारिलाे ठाउँमा त एक महिनासम्म हिउँ विलाउन समय लाग्ने स्थानीय बताउँछन् 

 गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइने बताइन्छ । ताप्लेजुङको तोक्गोलालगायत तीनजुरे, मिल्के, जलजला क्षेत्रमा सबैभन्दा बढी गुराँस पाइने भएकाले सरकारले संरक्षण गरिरहेको छ ।

सरकारले तीनजुरेमिल्केजलजले (टिएमजे) क्षेत्रलाई गुराँस संरक्षण क्षेत्रको रुपमा घोषणा गरेर संरक्षण गर्दै आएको छ ।

तस्विरः फुर्वा शेर्पा धरान