बसन्तपुर / लालीगुराँसको राजधानी तेह्रथुम जिल्लाको तीन जुरे \nमिल्के जलजले क्षेत्रमा यो बर्ष सबैभन्दा भेरै हिऊ परेको छ । करिव तीन फिटसम्म हिउँ \nपरेको स्थानीयबासीहरुले बताएका छन । हिऊ परेको एक साता वित्न लागेको छ तर हिउँ अझै \nओभाएको छैन् । हिऊँमा खेल्न वूर्वको विभिन्न ठाउँबाट मानिस आउने क्रम रोकिएको छैन् \n। डिसेम्वर ३१ र जनवरी १ र २ तारिक यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो \nथियो । धरानदेखि बसन्तपुर, टुटेदेउरालीसम्म गाडीको जाम भएको थियो । ७० प्रतिशत भन्दा बढि भारतीय गाडीहरुको \nताती थियो । होटलहरु खचाखच थियो । हालसम्मपनि यहाँ हिउँ खेल्न आउनेको जमात थामिएको \nछैन् । पिक्निक खेल्न आउनेहरुको संख्या बढ्र गएको स्थानीय पत्रकार चन्द्र कार्कीले \nबताउनु भयो । उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ परेकाे छ । पारिलाे ठाउँमा त एक महिनासम्म हिउँ विलाउन समय लाग्ने स्थानीय बताउँछन्
सरकारले तीन–जुरे–मिल्के–जलजले \n(टिएमजे) क्षेत्रलाई गुराँस संरक्षण क्षेत्रको रुपमा घोषणा गरेर संरक्षण गर्दै आएको \nछ ।
\n \n \n \n \n \n \n \n \n \n \n \n
तस्विरः फुर्वा शेर्पा धरान






















