धरान / इटहरी उप महानगरपालिका २० तरहराबाट ७२ किलो लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । आइतबार करिब साढे १२ बजे राती इटहरी– धरान सडक खण्डको तरहरामा चेंक जाँचको क्रममा उनीहरुलाई सो परिमाणको गाँजासहित प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काले जानकारी दिनु भयो ।  

तरहरा प्रहरी चौंकीबाट खटिएको प्रहरी टोलीले मोटरसाईकलमा सवार धनकुटा सहिदभुमी गाउँपालिका १ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई ७२ किलो गाँजा सहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार दुई वटा मोटरसाइकलमा धरानबाट इटहरीतर्फ  जाँदैं गर्दा उनीहरु मध्य एउटा मोटरसाइकलमा सवार दुई जना साथमा भएको झोला फाली धरानतिर्रै फर्के पछि अर्को मोटरसाइकललाई प्रहरीले छेकेको थियो । दुवै मोटरसाइकल भाग्नु क्रममा एउटा मोटरसाइकल लडे पछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रदेश १–०२–०४२ प ६२१९ नम्वरको मोटरसाईकलमा सवार उनीहरु प्रहरीलाई देखे पछि साथमा रहेका झोला फालेर फर्कदैं गर्दा प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियोृ । प्रहरीले छेकेर उनीहरुलाई नियन्त्रणमा लिने क्रममा सञ्जिव राई घाइते भएका थिए । उनी लडेर टाउको, ढाँड र हातखुट्टामा गम्भीर चोट लागेको डिएसपी खड्काले बताउनु भयो । उनको विराटनगरस्थित नोवेल हस्पिटलमा उपचार भइरहेको छ ।

प्लाष्टिकमा बोको पारेर दुईवटा झोलामा गाँजा राखेर उनीहरुले इटहरी तर्फ लादैं गरेको अवस्थामा प्रहरीले फेला परेको थियो । एउटा मोटरसाइकल भने फरार भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट सोमबार म्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको इप्रका इटहरीले जनाएको छ ।