धरान /  धरान–१२ स्थित धरान मेघा कलेजले कक्षा ११ मा आएका विद्यार्थीहरुलाई भव्य स्वागत गरेको छ ।  धरान–१९ स्थित ब्रिटिस कम्युनिटी हलमा विशेष कार्यक्रम गरि शनिवार कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो । 

हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, प्रिन्सिपल भास्कर पौडेल, कलेजका बिबिएस कोअर्डिनेटर चन्द्र वनेम, शेयर सदस्य सागर खड्का, प्रभास राजवंशीलगायतले विद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रममा गायिका अम्बिका दुवाडी र युवा गायक भक्तिराज राईले गीत प्रस्तुत गर्नु भएको थियो ।  स्वागत कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्यका साथै गीतहरु समेत प्रस्तुत गरेर उपस्थितिलाई मनोरञ्१जन दिलाएका थिए ।  ।

नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने परम्परालाई कायम राख्न र नयाँ प्रतिभाहरुलाई मञ्च प्रदान गर्नका लागि स्वागत कार्यक्रम आयोजना गरिएको कलेजका एकेडेमिक डाइडरेक्टर घिमिरेले जानकारी दिनु भयो । । कार्यक्रममा एन–प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बू, बोर्ड मेम्बर दीपक घिमिरे, जीवन न्यौपाने, नोवेल एकेडेमीका प्रिन्सिपल रविन न्यौपाने, होटल म्यानेजमेन्ट कोअर्डिनेटर पोषण श्रेष्ठ, शेयर सदस्यहरु जीवन न्यौपाने, दीपेन्द्र यादव, आलोक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कलेजका एडमिनिष्ट्रेटिभ डाइरेक्टर कैलाश लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य दीपक घिमिरेले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बिबिएस तेस्रो वर्षकी छात्रा आरती बस्नेतले गर्नु भएको थियो । कलेजमा कक्षा ११ मा मात्र यो बर्ष ३५० विद्यार्थीहरु अध्ययनरत छन् ।