धरान  / बाँझगरा सामुदायिक वन उपभोक्ता समुह धरान–१५ को २१औ साधरण सभाले राजनकुमार मोक्तानको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा कुमार भारती सचिवमा मायाँदेबि राई(खत्रि), सह– सचिबमा सुर्य घिसिङ्ग, कोषाध्यक्षमा  प्रेम बिक चयन हुनु भएको छ ।  

 ३ बर्षको कार्यकालको निम्ति २६ जनाको समुह निर्वाचित हुनु भएको हो । 

शनिवार भएको सभाको उद्घाटन सुनसरी क्षेत्र न. १ का संघीय संसद   जयकुमार राईले  गर्नु भएको थियो । बिषेश अतिथिमा १५ नं. वडा अध्यक्ष नरेश कुमार ईवाराम, सुनसरी वन कार्यलय प्रमुख दान बहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

 कार्यक्रममा समुहको ११ क्षेत्र भित्रबाट उत्कृष्ट कार्य गर्नु भएको उपभोक्तालगायत कर्मचारी, कार्य समितिका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । 

May be an image of 8 people and people standing