धरान / थ्री इलेभन जिआर भूपू सैनिक परिवारले आफ्नो स्थापनाको  ७५ बर्ष धरानमा विभिध कार्यक्रम गरेर मनाएकोे  छ । धरानस्थित कार्यालयको सभाहलमा करिव दुई सय भूपू सैनिक र उहाँहरुका परिवार भेला भएर अंग्रेजी नयाँ बर्ष तथा पल्टन स्थापना दिवस मनाएका हुन् । 

थ्री इलेभन जिआर गोर्खा राइफल सन् १९४८ जनवरी १ तारिकमा स्थापना भएको हो । सोही समयदेखिभारतीय सेनाबाट अवकास पाएका भूपू गोर्खा सैनिकहरुले प्रत्येक बर्ष परिवारका साथमा स्थापना दिवस मनाउने गरेको छ । कार्यक्रम थ्री इलेभन जिआर भूपू सैनिक परिवारका अध्यक्ष मीनबहादुर तामाङको अध्यक्षतामा भएको थियो । समारोहमा गोर्खा भूपू सैनिक संघका केन्द्रीय अध्यक्ष विजय राईको समेत उपस्थिति रहेको गोर्खा भूपू सैनिकका सुवेदार ललित बेघा लिम्बुले बताउनु भयो । पल्टन पछिको दैनिक, भेटघाट तथा शुभकामना आदनप्रदानका लागि कार्यक्रम आयोजना गरिएको भूपू सैनिक रोमण गुरुङले बताउनु भयो ।  

कार्यक्रममा पल्टनको इतिहास सुनाइएको थियो । पल्टनमा रहदाका तितामिठा अनुभव आदन प्रदान गरिएको सुवेदार लिम्बुले बताउनु भयो ।