धरान । धरानमा नेपाल निजामती कर्मचारी यूनियनको स्थानीय कार्य समिति गठन गरिएको छ ।  शुक्रबार धरानको प्रथम उपमहानगरपालिका स्तरिय भेलाले गठन गरेको समितिमा सभापति पदमा हिरालाल विश्वकर्मा, (खुलातर्फ) उपाध्यक्षमा शुभनारायण वनेता, (समावेशीतर्फ) उपाध्यक्षमा सितादेवि मगर, सचिवमा विजय शाह, सहसचिवमा डम्बरकुमारी मगर र कोषाध्यक्षमा सगुन किरातलाई चयन गरेका हुन् । यस्तै, सदस्यहरुमा उमेश मेहता, उमेश राई, नगेन्द्र तामाङ, सिमा वि.क. र चन्द्रकला राई चयन हुनु  भएका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल र नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले अबिर, माला लगाएर बधाईसहित शुभकामना दिनु भयो । 

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई(प्रविण), वडा नं. २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष सन्तोष लिम्बु र नेपाल निजामती कर्मचारी यूनियन सुनसरीका सभापति निखिल पोख्रेलले शुभकामना दिनु भया । नेपाल निजामती कर्मचारी यूनियन कांग्रेस निकट शुभेच्छुक संस्था हो । कार्यक्रम उमेश राईको सभापतित्वमा सम्पन्न भएको हो ।